जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार १६:४०

देशको पक्षमा उभिँदा प्रधानमन्त्रीबिरुद्ध कुण्ठा किन ?


तथ्यले भनिरहेको छ, ओलीमाथि खनिएका कुण्ठाहरु सिर्फ ओलीविरुद्धका मात्रै हुने छैन । कालान्तरमा देशविरुद्ध गरिएका गद्दारी हुनेछ । त्यसैले अव इफ र बट होइन, निर्णय लिनुपर्छ–देशबिरुद्धको गद्दार बन्ने कि समृद्धिको सहयात्री ? बिदेसीको सेवा गरेर खलनायक बन्ने कि नायक ?’ यति कुराको हेक्का नेकपाका नेताहरुले राख्नैपर्छ । जनमतको अपमान र देशबिरुद्धको गद्धारी क्षमायोग्य हुन्न भन्ने तथ्य पनि बेलैमा बुझ्न जरुरी छ 

समाचार टिप्पणी

सत्तारुढ नेकपाकै नेताहरु यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध चक्रब्यूँह रचिरहेका छन । नेपालको नक्सा जारी भएपछि प्रधानमन्त्रीबाट हटाउने भारतको खुलेयाम चलखेललाई नै सघाउँदै नेकपाका नेताहरु सके ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने, नसके पार्टी नै फुटाउनेसम्मको खेलमा लागेको तथ्य अव कसैसामू छिप्ने अवस्था रहेन । पछिल्लो पटक आजसम्मको बार्तामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेसँगै नेकपाभित्रको बिवाद थप पेचिलो बनेको छ । भारत र भारतीय मिडिया भने निकै खुसी बनेका छन । यही तथ्यबीच नेकपाका सचिवालयमै रहेका नेताहरु प्रधानमन्त्रीबिरुद्ध मिडियामा कुण्ठा पोखेर बस्नुभएको छ । अर्थात नेकपाभित्र भारतको राम्रै पहुँच र प्रभाव रहेको पछिल्ला घटनाक्रमहरुले देखाइरहेका छन ।

केही बर्ष यताका घटनाले प्रष्ट भइसकेको छ जब–जब प्रधानमन्त्री ओली देशको पक्षमा दृढताका साथ उभिनुहुन्छ, तथ्यसहित बोल्नुहुन्छ, तव–तव उहाँविरुद्ध मोर्चाबन्दी सुरु भइहाल्छ । यो पछिल्लो दुई बर्षमा भोगिएको तथ्य हो । पछिल्लो पटक असार १४ गते नक्सा जारी गरेबापत भारत आफूलाई हटाउन लागेको भन्ने अभिब्यक्ति र भानु जयन्तीको दिन हाम्रो देश साँस्कृतिक अतिक्रमणमा परेको तीतो यथार्थ उठाउनु भएपछि प्रधानमन्त्रीबिरुद्धको मोर्चावन्दी निकै बढेको छ । प्रधानमन्त्री ओलीले दुवै अभिब्यक्ति तथ्य र प्रमाणका आधारमा दिनुभयो । जस्को कारण नेकपाभित्रै उहाँबिरुद्ध महोल बनाएर आम नेपालीलाई अपमानित गर्ने काम भइरहेको छ । सामथ्य र भूगोलका हिसाबले भारतभन्दा सानो रहेको हाम्रो देश नेपाल युगौँदेखि सबै प्रकारको अतिक्रमण सहँदै आएको छ ।

साँस्कृतिक रुपमा पनि नेपाल त्यसरी नै अतिक्रमण सहिरहेको छ, जसरी अन्य क्षेत्रमा भारतको हेपाहा, मिचाहा प्रवृत्ति टुलुटुलु हेरेर बस्नु परिरहेको छ । प्धानमन्त्री ओलीले भानु जयन्तीका दिन व्यक्त गर्नुभएको विचारहरु कुनै सनकका भरमा भनिएका होइनन । उहाँका अभिव्यक्ति न कुनै उक्साहटमा हुन्, न त बिनायोजना नै । गहिरो अध्ययन, तथ्य र प्रमाणका आधारमा उहाँले यस्तो बोल्नुभएको हो । इतिहासकारदेखि अध्येतासम्मले राखेको तथ्यले प्रधानमन्त्री ओली सही हुनुहुन्छ भन्ने प्रष्टै देखिएको छ । इतिहासविद डा. जगमान गुरुङदेखि भारतकै मिडियाहरुमा यसअघि नै प्रशारण भएका तथ्यले ओलीको अभिब्यक्ति सही रहेको देखाउँछ । तर नेकपाभित्र भने उहाँबिरुद्ध भारतकै प्यादा बनेर घिनलाग्दो हर्कतहरु भइरहेका छन ।

पछिल्लो घटनाक्रम हेर्दा लाग्छ, प्रधानमन्त्रीले नेपालको हितमा सत्य कुरा बोल्नै हुँदैन । भारतकै हित चिताउनु पर्छ । आफू प्रधानमन्त्री हुँदा चूसम्म बोल्न नसकेको लज्जाबोध भन्दा भारतबिरुद्ध किन बोलेको भन्दै आफै हिडने काम नेकपाका नेताहरु गरिरहेका छन । भगवान रामको जन्मभूमिको बिषय प्रधानमन्त्रीले उठान गर्दा झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, डा. बाबुराम भट्टराईदेखि गगन थापासम्ममर्माह तबनेको अभिब्यक्ति मिडियामा आएको छ । अर्थात रामको जन्मभूमि नेपालमा पर्छ भन्दा उहाँहरु मर्माहत हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध भारतमा जन्मिएको भन्दा त्यसबिरुद्ध एक शब्द नबोल्नेहरु प्रधानमन्त्री ओलीले नेपाली भूमिमा नै रामको जन्म भएको भन्दा भारतीय ‘गोदी’ मिडिया भन्दा दुई कदम अघि सरेर बिरोधमा उत्रिएका छन । भारतको यो तहको बाँदरभक्तिले आम राष्ट्रवादी नेपाली भने चकित परेका छन ।

प्रधानमन्त्री ओलीले त्यसबारे सोची सम्झी र गहन अध्ययनका आधारमा विषय सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्रीले त्यहाँ व्यक्त गरेका तर्क स्वयंले नै यथार्थ कुरा बोलिरहेको छ । महर्षि बाल्मीकिको आश्रम चितवनमा रहेको मात्रै होइन, सीता माता समेतले त्यहीँ आफ्नो लामो जीवन बिताएको तथ्य सबैभन्दा बलिया छन् भन्ने कुरा भारतीय खोजकर्ताहरुले यसअघि नै बारम्बार स्वीकार गरेका हुन्

प्रसंग राम जन्मभूमिबाट सुुरु गरौं, भगवान राम एउटा मिथक हुन् । उनको जन्म नेपालकै अयोध्यामा भएको हो या भारतको अयोध्यामा भन्ने कुरा त्यसबारे अहिलेसम्म पनि प्रमाणित कुनै तथ्य सार्वजनिक भएका छैनन् । भगवान् श्रीरामको जन्म कहाँ भएको थियो । उनी मिथक मात्रै हुन् कि सत्य हुन् भन्नेबारेमा अध्येताहरुले अहिले पनि खोजबिन गरिरहेकै छन् । फरक फरक तथ्यहरु आइरहेकै छन । प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्म नेपालमै भएको हुन सक्ने केही तथ्यहरुलाई बहसमा ल्याइदिनु भएको छ । भारतको अयोध्यामै भगवान रामको जन्म भएको थियो भन्ने पनि आधारिक पुष्टि अहिलेसम्म कहीँकतै भएको छैन । यति मात्रै होइन कि, स्वयं भगवान् श्रीराम काल्पनिक पात्र मात्रै हुन् कि सत्य हुन् भन्ने पनि एकिन नभइसकेका बेला हालको भारतको अयोध्या नै रामको जन्मभूमि हो भनेर कुनै तथ्य र प्रमाणहरुले पुष्टि गरिसकेका छैनन् । यतिबेला संसारका हिन्दूहरुले भगवान् श्रीरामको जन्मभूमिको रुपमा स्वीकार गरेको भारतको अयोध्या पनि तर्कहरुकै आधारमा स्वीकार गरिएको हो ।

प्रधानमन्त्री ओलीले त्यसबारे सोची सम्झी र गहन अध्ययनका आधारमा विषय सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्रीले त्यहाँ व्यक्त गरेका तर्क स्वयंले नै यथार्थ कुरा बोलिरहेको छ । महर्षि बाल्मीकिको आश्रम चितवनमा रहेको मात्रै होइन, सीता माता समेतले त्यहीँ आफ्नो लामो जीवन बिताएको तथ्य सबैभन्दा बलिया छन् भन्ने कुरा भारतीय खोजकर्ताहरुले यसअघि नै बारम्बार स्वीकार गरेका हुन् । बाल्मीकि आश्रम, सीता माताको समाधिस्थल मात्रै होइन, लव कुशको जन्म र पालनपोषण पनि त्यही आश्रममा भएको कुरा कसैले पनि अस्वीकार गर्न सकिरहेका छैनन् । स्वयं रामायणको अन्तिम अध्यायले समेत चितवनमा बाल्मीकि आश्रम नै त्रेतायुगको आश्रम भएको संकेत गरिसकेको छ । लव कुशको जन्म, सीतालाई घर निकाला गरी जंगल पठाइएको प्रसंग मात्रै होइन, उनले पाताल प्रवेश गरेको विषय समेत चितवनमै रहेको यही आश्रमको पेरिफेरिसँग मिल्दोजुल्दो भएको तथ्य कसैले लुकाएर लुक्न सक्ने अवस्थामा छैन ।

तीन वटा नदीको संगम मात्रै होइन, आश्रमको सम्पूर्ण पौराणिक रहस्य रामायणको अध्यायसँग ठिक्क मिल्दोजुल्दो छ । स्वयं भारतीय मिडियाले गरेको अन्वेषणले दाबी गरिएका अन्य बाल्मीकि आश्रमहरुको तुलनामा चितवनमा रहेको बाल्मीकि आश्रम सबैभन्दा प्रमाणिक भएको तथ्य यसअघि प्रसारण गरिसकेका छन् । भगवान् राम समस्त हिन्दूहरुका भगवान हुन । हिन्दू धर्मको उदगम थलो हाम्रै देवथलोमा भएको समेत सबैलाई जानकारी भएकै विषय हो । अर्को कुरा जतिबेला सीता रामको सन्दर्भ थियो, त्योबेला भारत नेपाल भन्ने देशको परिकल्पना भएको थिएन ।

जनकपुरमा जन्मिएकी सीता माताको घर निकाला गर्दा चितवन पुग्नुपरेको प्रसंग समेत जोडी प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि पनि नेपालभित्रै भएको हुनुपर्ने आफ्नो तर्कसंगत दावा प्रस्तुत गर्नुभएको हो । प्रमाणित नभएको सो विषयका बारेमा खोज अन्वेषण गर्ने कार्य दुवै देशका धर्मगुरु, इतिहासविद् र पुरातत्वविद्हरुको हो । महत्वपूर्ण सन्दर्भसहित प्रधानमन्त्रीले सार्वजनिक गरेको यो बहसले नेपालको महत्व घटाउनुको सट्टा झनै बढाएको छ । नेपालीको स्वाभिमान सवैतिर उचो भएको छ । नेपालका प्रधानमन्त्री भारतले जे जसो गर्दा पनि पदमा बसिरहनका लागि बोल्नै सक्दैनन भन्ने बिगतको यथार्थ बदलिएको प्रमाण पनि उहाँले दिनुभएको छ ।

ओलीले प्रामाणिक नभए पनि बिना कुनै आधारमा बोलेर भारतसँगको सम्बन्ध बिगारेको भनेर जसरी यतिबेला नियोजित रुपमा बबन्डर मच्चाइएको छ । फिर्ता लिनुपर्छ भन्दै बक्तब्यवाजी भएको छ । अहिलेसम्म प्रमाणित नभएको त्यो मिथकबारे नयाँ बहस आरम्भ गरेका प्रधामन्त्रीले दुवै देशका पुरातत्वविद्हरुलाई यसको तथ्यमा पुग्ने अवसर दिनुभएको छ । यसले कसरी भारतसँगको सम्बन्ध बिग्रिन्छ ? भारतीयहरु जति भगवान् रामका अनुयायी छन्, नेपालका हिन्दूहरु पनि उतिकै भक्त छन् । सन्दर्भ र तथ्यहरुसहित प्रधानमन्त्रीले व्यक्त गरेको विचारले भारतीयहरुले विरोध गर्नु त स्वभाविक नै छ, किन कि उनीहरुले भगवान् रामको जन्मभूमिको रुपमा हालको अयोध्यालाई मान्ने गरेका छन् । यति मात्रै होइन, भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीले हिन्दू धर्म र भगवान रामलाई आफ्नो राजनीकि दाउपेचको विषय बनाएको छ ।

तर अचम्मलाग्दो विषय त के छ भने स्वयं नेपालीहरु पनि भारतीय पक्षको भन्दा एक बित्ता माथि उफ्रिएर प्रधानमन्त्री ओलीको विरोध गरिरहेका छन । यसलाई नेपाल जिन्दावाद भन्दा मेरो मालिक भारतलाई गाली गर्यो भनेकै रुपमा बुझनुपर्छ । भोलि इतिहासका अध्येता र पुरातत्वविदहरुको खोजले साँच्चिकै प्रधानमन्त्रीले गरेको जिकिरलाई नै बल पुर्याएको खण्डमा के नेपाललाई नोक्सान हुने होला र ? यदि त्यस्तो भएको खण्डमा संसारका हिन्दूहरुले मान्ने भगवान रामको जन्मस्थलका कारण नेपालको विकास र समृद्धिमा टेवा नै पुग्ला नि ! होइन र ? प्रधानमन्त्री ओलीले भनेको विषयले नेपाल देशको कहाँ र कसरी नोक्सान भइरहेको छ, त्यो विषय बुझिनसक्नु छ । प्रधानमन्त्रीले त्यो विषय सार्वजनिक गर्नेबित्तिकै आकाशै खसेजसरी स्वयं नेकपाकै नेताहरुको उफ्राइले के कुराको संकेत गरिरहको छ ? यो आम नेपालीले गहिरोगरी बुझ्नुपर्छ ।

नेपालमा भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा सार्वजनिक भएको र त्यसलगत्तै भारतीय पक्षले नेपालविरुद्ध विष बमन गरिरहेका बेला स्वयं ओलीका सारथीहरुको उहाँको बोली फुट्नेबित्तिकै पूर्वाग्रहसहितको कुण्ठा सार्वजनिक गर्नुपर्ने किन ? उनीहरुका कुण्ठाग्रस्त गतिविधिले मातृभूमिको रक्षा र श्रीवृद्धिमा सहयोग गरिरहेको छ कि परपीडकको तावेदारी ? यो कुरा नेपाली जनताले मिहीन ढंगले बुझ्नुपर्ने बेला आएन र ? इतिहास शक्तिशालीहरुको इच्छाले लेखिन्छ र निर्माण गरिन्छ । पछिल्लो पटक प्रामाणिक तथ्यलाई समेत धावा बोल्दै शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थलबारे भारतले धावा बोलिरहेको यथार्थलाई समेत मनन् गर्नुपर्छ । आज उसले नक्कली लुम्बिनी बिहारमा निर्माण गरेर त्यसको प्रवर्द्धन गर्दै संसारका अगाडि बुद्ध आफ्नो देशमा जन्मिएको प्रचार गरिरहेको छ । यो पुस्ताले त त्यसको विरोध गर्यो तर आगामी पुस्ताहरु यसबारे चुप बस्दै गए र हामीले लुम्बिनीको विकास पनि गर्न सकेनौँ भने केही सय वर्षपछि गौतमबुद्धबारे उसले यतिबेला गरिरहेको दाबा सारा संसारले मानिदिने अवस्था आउँछ । के हामी यस मानेमा साँस्कृतिक अतिक्रमणमा परिरहेका छैनौं र ?

यस्ता अतिक्रमणको सामना गरिरहेका देशका प्रधानमन्त्रीले विगतमा नेपालमा रहेको अयोध्याले दाबी गर्न नसक्दा या त्यसका पक्षमा बोलिदिने मान्छे नहुँदा हालको भारतको अयोध्या निर्माण भई त्यसैलाई सारा संसारले पत्याइदिएको हुन सक्दैन भनेर ढुक्क हुने अवस्था कहाँ छ र ? अब प्रधानमन्त्रीले सार्वजनिक गरेको विषय हावा हो भन्दै टाउको बटार्नुभन्दा यसबारे तथ्यहरुको विश्लेषण र अन्वेषणमा जुट्नुको सट्टा आफ्नै प्रधानमन्त्रीको बदख्वाइँ गरेर हामी कस्को सेवा गरिरहेका छौँ ? के प्रधानमन्त्रीको नियोजित दुष्प्रचार र बदख्वाइँले राष्ट्रवादी नेपालीकै अपमान भइरहेको हेक्का छ कि छैन हामीलाई ? प्रधानमन्त्रीले गरेको यो दावाले लामो समयदेखि ओझेलमा परेको बाल्मीकि आश्रम र सीताको समाधिस्थल मात्रै होइन, लव कुशको शैशवकाल बितेको क्रीडास्थलको विकास र प्रवर्द्धनमा सारा देशलाई सोच्न बाध्य बनाएको छ । के रामायण सीता, लव कुश र महर्षि बाल्मीकिबिना पूरा हुन्छ ? के भगवान् रामका भक्तहरु खाली रामको मात्रै पूजा गर्लान् कि सीता माता र लव कुशको समेत उत्तिकै पूजा आराधना र भक्ति गर्लान् ? उत्तर सिधा छ– पक्कै पनि रामभक्तहरु माता सीता र उनीहरु दुवैका छोरा लव कुशको पनि उत्तिकै सम्मान र भक्ति गर्छन् ।

अब प्रधानमन्त्रीले दावा गरेको अयोध्या वास्तविक अयोध्या होइन भने पनि युगौँदेखि बलियो अधार भईकन पनि ओझेलमा परेको बाल्मीकि आश्रम र यसको पेरिफेरिको धार्मिक पर्यटनमा टेवा पुग्छ कि पुग्दैन ? सरकारले प्रधानमन्त्री स्वयंले व्यक्त गरेको यो विचार त्यसपछि भएको बहससमेतलाई मध्यनजर गर्दै बाल्मीकि आश्रमको संरक्षण, प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्नु देशको हितमा होला कि अहितमा ? यसतर्फ सम्बन्धित सबैले ध्यान दिनु आवश्यक छ । रामको जन्मभूमिबारे प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको विचारमा मात्रै होइन, उहाँका हर कदमलाई विवादित बनाउन र जबरजस्त असफल बनाउन यतिबेला नेकपाकै सहकर्मीहरुबाट अघोषित युद्ध छेडिएको छ । प्रधानमन्त्री ओलीले जव कोरोना महामारीबाट हामी सबैले युगौँदेखि सेवन गर्दै आएको तातोपानी र बेसार पिउनुहोस् भनेर जनतालाई आह्वान गर्नुभयो, तब उहाँबिरुद्ध आलोचकहरुको बर्बराहट भयो ।

ओलीले तातोपानी र बेसार सेवन गर्न भनेर के त्यस्तो अपराध गर्नुभयो ?, जसको त्यसरी उछितो काड्नुपर्ने थियो । त्यही भारतमा कोरोना नियन्त्रणका लागि इम्युनिटी पावर बढाउन योगा गर्न भारतीय प्रधानमन्त्री मोदीले गरेको आह्वानलाई बरु हामीले प्रशंसा गर्यौँ । तर देशका प्रधानमन्त्रीले आफ्नो देशको घरेलु औषधीका रुपमा रहेको भान्सामा प्रयोग हुने सामाग्री सेवन गरों भन्दा उहाँले विष सेवन गर्न आह्वान गरेझैँ हामी सबै खनियौँ । के हामीले यसअघि रुघाखोकी लाग्दा मात्रै होइन, चिसो लाग्दा समेत बेसार पानीको सेवन गरेका थिएनौँ र ? अनि हामी सबैले गरिरहेको त्यही हाम्रो जडिबुटिको सेवन गर्न प्रधानमन्त्रीले आह्वान गर्दा अचानक त्यो अवैधानिक कसरी भयो ? के ओलीले बेसारपानी बाहेक यसको अन्य उपचार छैन भनेर भन्नुभएको थियो र ? आफैँले खादा फाइदा गर्ने तर ओलीले आह्वान गरेपछि खाँदा चाहिँ के त्यो गुणकारी बेसारले बेफाइदा गर्ने थियो र ? र बेसारपानी बाहेक चिकित्सकीय उपचार सरकारले गर्दैन भनेर त प्रधानमन्त्रीले भन्नुभएको थिएन ।

लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने कुरासमेत ओलीले होइन, हामी सबैले गरेका हौँ भन्दै नेकपाका सचिवालयकै नेताहरु तछाडमछाड गरिरहनुभएको छ । जसले जे पहलकदमी गरेको भए पनि देशको प्रधानमन्त्री र पार्टीको अध्यक्षका हैसियतले त्यो कामको नेतृत्व ओलीले नै गरेको होइन र ? यसअघि प्रधानमन्त्री भएका तीन जना नेताले आफ्नो पालामा किन नक्सा जारी गरेनन त ? प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले आफ्नो पालामा नक्सा जारी गरेको भए ओलीलाई जस जान्थ्यो र ? गर्नुभएन, भारतसँग डराउनु भयो, ओली डराउनु भएन, जारी भयो । यो तथ्य होइन र ?


लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने कुरासमेत ओलीले होइन, हामी सबैले गरेका हौँ भन्दै नेकपाका सचिवालयकै नेताहरु तछाडमछाड गरिरहनुभएको छ । जसले जे पहलकदमी गरेको भए पनि देशको प्रधानमन्त्री र पार्टीको अध्यक्षका हैसियतले त्यो कामको नेतृत्व ओलीले नै गरेको होइन र ? यसअघि प्रधानमन्त्री भएका तीन जना नेताले आफ्नो पालामा किन नक्सा जारी गरेनन त ? प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले आफ्नो पालामा नक्सा जारी गरेको भए ओलीलाई जस जान्थ्यो र ? गर्नुभएन, भारतसँग डराउनु भयो, ओली डराउनु भएन, जारी भयो । यो तथ्य होइन र ? बैठकमा कसले के भनेका थिए भनेर भविष्यले केही मतलब गर्दैन । तथ्यलाई मान्छ । नक्सा जारी गर्ने काम प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएको हो । एकपछि अर्को कुण्ठाले ग्रस्त धारणा राख्ने र ओलीविरुद्ध विष बमन गर्ने काम अन्य क्षेत्रबाट होइन, आफ्नै पार्टीबाट भइरहेको छ । आफ्नै पार्टीले विरोधमा छलाङ मारेपछि विरोधी र प्रतिपक्षलाई झन् आफ्नो धर्म निर्वाह गर्नु नै छ, उसले थप उचालिरहेको छ । त्यसमाथि बिगतमा भारतसामू लम्पसार पर्नेहरुका लागि मालिकको आदेश पालना गर्नैछ ।

नेपाली जनता भूकम्पको गम्भीर चोटमा रहेका बेला भारतले गरेको नाकाबन्दीको डटेर सामना गरी जनताको भावनाको कदर गरेका कारण ओली र नेकपालाई जनताले बहुमत दिएका हुन । ओली नै प्रधानमन्त्री हुनुपर्छ भनेर जनताले दिएको मतकै अपमान गर्दै प्रधानमन्त्री फेर्ने भारतीय डिजाइनको मतियार नेकपाकै नेताहरु किन भइरहेका छन ? जनताको आदेशअनुसार सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध संविधानको २ वर्षे सीमा सकिनेबित्तिकै भारतकै डिजाइनमा मोर्चाबन्दी भएको दुनियाँलाई थाहा छ । यति कुराको हेक्का नराख्नेहरु आगामी निर्वाचनमा जनताबाट बहिस्कृत हुनेछन । ओलीबिरुद्ध लाग्ने नेकपाकै सचिवालयका दुई नेता त यसअघिको निर्वाचनमै तिरस्कृत भइसकेका छन ।

प्रधानमन्त्रीबिरुद्ध थप कुण्ठा पालेर हिँडदा निर्वाचन क्षेत्रसम्म पुग्नसक्ने अवस्था पनि नहुन सक्छ । यी सवैबाट बच्न स्थिरताका लागि जनताले दिएको अभिमतको सम्मानका लागि पनि ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्रीको रुपमा रहन दिनुपर्छ । छिनछिनमा कुण्ठाहरु प्रदर्शन गरेर देशलाई परपीडकको खेलमैदान बनाउने हर्कतहरु अव बन्द हुनैपर्छ । तथ्यले भनिरहेको छ, ओलीमाथि खनिएका कुण्ठाहरु सिर्फ ओलीविरुद्धका मात्रै हुने छैन । कालान्तरमा देशविरुद्ध गरिएका गद्दारी हुनेछ । त्यसैले अव इफ र बट होइन, निर्णय लिनुपर्छ–देशबिरुद्धको गद्दार बन्ने कि समृद्धिको सहयात्री ? बिदेसीको सेवा गरेर खलनायक बन्ने कि नायक ?’ यति कुराको हेक्का नेकपाका नेताहरुले राख्नैपर्छ । जनमतको अपमान र देशबिरुद्धको गद्धारी क्षमायोग्य हुन्न भन्ने तथ्य पनि बेलैमा बुझ्न जरुरी छ ।