ओलीको यो जवाफपछि प्रचण्ड र झलनाथ कमरेडहरु फर्केर आएर बैठक गर्नुभएछ । उहाँहरुले ओलीको भनाइ राखेर यस्तो भयो, अब के गर्ने हो भनेर सोध्नुभएछ । बैठकमा उपाध्यक्ष वामदेव गौतमले ६ बुँदा पेस गर्नुभएछ । भीम रावल ‘नेताहरूको पद बाँडफाँटका लागि हाम्रो टाउको गन्ने कुरामा मेरो सहमति छैन, म त विचार र विधिबाट पार्टी चल्नुपर्छ भन्ने हो, नेताहरूको पदको लागि लड्ने मान्छे होइन’ भनेर उठेर हिँड्नुभएछ । त्यसपछि जनार्दन (शमा) जीले ‘महाधिवेशनबाहेक अर्काे विकल्प छैन, महाधिवेशनमा छिट्टै जाऊँ’ भन्नुभएछ । हरिबोलजी (गजरेल) ले ‘नेताहरूको भन्दा जनताको स्तरमाथि भयो, जनतालाई पार्टी र नेताहरूले नेतृत्व गर्न सक्नुभएन’ भन्नुभएछ । पम्फा (भुसाल) ले पनि पार्टी एकताको विषयमा आफ्ना धारणा राख्नुभएछ । त्यहाँ जतिले बोल्नुभयो, सबैले पार्टी एकतालाई जोगाउनुपर्छ मात्र भन्नुभयो । त्यहाँ कसैले पनि प्रचण्डलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्छ भनेनछन । माधव नेपाल र झलनाथ खनाल त बोल्दै बोल्नुभएनछ ।
टोपबहादुर रायमाझी
अघिल्लो मंगलबार अर्थात असार १३ गते बसेको हाम्रो पार्टी नेकपाको स्थायी समितिको बैठकका विषयमा धेरै चर्चा भयो । स्वयं मलाई पनि उक्त बैठकमा किन सहभागी हुनुभएन ? के तपाईं प्रचण्डलाई छाडेर केपी ओलीतिर लाग्नुभएको हो ? भन्दै मिडियाका साथीहरू धेरैले जिज्ञासा राख्नुभयो । यो क्रम अझै जारी नै छ । बैठक राख्ने पहिले नै निर्णय भएको थियो । हामी बैठकमा जाँदै गर्दा एक्कासी हेडक्वार्टर– पहिला हामीलाई जहाँबाट बैठकको सूचना आउँथ्यो, त्यहाँबाट बैठक स्थगित गरिएको सूचना आयो । त्यसपछि हामी बालुवाटर नै नपुगी फर्केर आफ्नो काममा लाग्यौं । फेरि खुमलटारबाट फोन आयो, ‘बैठक सञ्चालन हुने भयो भनेर ।’ अनि हामीले ‘हेडक्वार्टरबाट त स्थगित भयो भनेका छन नि’ भन्दा ‘बैठक हुन्छ’ भने ।
फेरि बालुवाटरलाई फोन गरियो । अनि बालुवाटारले ‘कहाँ हुने बैठक ?, स्थगित हो भन्यो ।’ बालुवाटारले त्यो बैठक स्थगित गर्न खोजेको तर, खुमलटारले चलाउने तयारी रहेछ । अनि खुमलटारले बैठक राख्यो । त्यसमा २९ जना भेला भए । कोही गए, कोही गएनन । पूर्वमाओवादी कित्ताका साथीहरू म, मणि थापा, रामबहादुर थापा, बादल र लेखराज भट्ट चार जना गइएनछ । पूर्वएमालेको ओली कित्ताका नेताहरू गएनछन । अरू सबै गएछन ।
खुमलटारले त प्रष्ट बैठक हुन्छ भनेर बोलाउँदा पनि तपाईंहरू किन नजानुभएको त ? भन्ने प्रश्न जहाँसम्म छ, त्यसमा पनि मेरा केही धारणा छन । एकथरी आउने, अर्काेथरी नआउने बैठक भएपछि केही निष्कर्ष हुने देखिएन, अनि गइएन । उहाँहरूले आउनुस त भन्नुभएको हो । तर, कोही नआउने भएपछि त्यहाँ केही निर्णय हुने त होइन होला भन्ने लाग्यो । संयुक्त बैठक हुँदा पनि कोही छुटेका त हुन्छन । एकथरी मान्छे मात्रै सहभागी बैठकको के भ्यालु हुन्छ र ? भन्ने पनि लाग्यो । त्यहाँ कुनै निर्णय गर्ने अवस्था पनि थिएन । बैठकमा २९ जना जम्मा भएछन । त्यसपछि प्रचण्डजी र झलनाथ खनालजी ओलीकहाँ जानुभएछ ।
प्रचण्डले ओलीलाई प्रश्न गर्नुभएछ, ‘बैठक किन स्थगित गर्नुभयो ?’ ओलीले जवाफ दिनुभएछ, ‘यो सात दिन बैठक किन स्थगित भयो तपाईंले बुझ्नुभएको छ ? दुई जना अध्यक्ष मिलेर सहमति गरेर एजेन्डा बनाउने, सचिवालयमा भएको निर्णयलाई प्रष्ट पार्ने र त्यसलाई सचिवालय बैठकबाट निर्णय गराएर स्थायी कमिटीमा लाने भनेर हो । तर, त्यतातिर तपाईं लाग्नुभएन, तपाईंले खुमलटारमा पटकपटक गुटका भेला गर्नुभयो । दिएको जिम्मेवारी पूरा नगरीकन, सल्लाह नगरी बैठकमा किन जाने ? हाम्रो काम नै पूरा भएको छैन । त्यसकारण बैठक स्थगित गरेको हो । अनि तपाईंले खुमलटारमा गुटबन्दी गरेर बसेको बैठकका निर्णयहरू पालना गर्न जाने म ? हामीले लिएका जिम्मेवारी पूरा नगर्ने, सचिवालयको निर्णय पालना नगर्ने अनि खुमलटारमा गुटको निर्णय कार्यान्वयन गर्न जाने म ? त्यही भएर म जान्नँ ।
प्रचण्ड कमरेड तपाईं पार्टीको नीतिअनुसार चल्ने कि गुटबन्दी गरेर खुमलटारको नीति चलाउँदै जाने ? जाने भए निर्णय गर्नुस, म फेस गर्छु । दुई वटा कुरा किन गर्नुहुन्छ ? कि सहमति गर्नुस, नत्र म अर्काेतिर जान्छु भन्नुस ।’ ओलीको यो जवाफपछि प्रचण्ड र झलनाथ कमरेडहरु फर्केर आएर बैठक गर्नुभएछ । उहाँहरुले ओलीको भनाइ राखेर यस्तो भयो, अब के गर्ने हो भनेर सोध्नुभएछ । बैठकमा उपाध्यक्ष वामदेव गौतमले ६ बुँदा पेस गर्नुभएछ । भीम रावल ‘नेताहरूको पद बाँडफाँटका लागि हाम्रो टाउको गन्ने कुरामा मेरो सहमति छैन, म त विचार र विधिबाट पार्टी चल्नुपर्छ भन्ने हो, नेताहरूको पदको लागि लड्ने मान्छे होइन’ भनेर उठेर हिँड्नुभएछ ।
त्यसपछि जनार्दन (शमा) जीले ‘महाधिवेशनबाहेक अर्काे विकल्प छैन, महाधिवेशनमा छिट्टै जाऊँ’ भन्नुभएछ । हरिबोलजी (गजरेल) ले ‘नेताहरूको भन्दा जनताको स्तरमाथि भयो, जनतालाई पार्टी र नेताहरूले नेतृत्व गर्न सक्नुभएन’ भन्नुभएछ । पम्फा (भुसाल) ले पनि पार्टी एकताको विषयमा आफ्ना धारणा राख्नुभएछ । त्यहाँ जतिले बोल्नुभयो, सबैले पार्टी एकतालाई जोगाउनुपर्छ मात्र भन्नुभयो । त्यहाँ कसैले पनि प्रचण्डलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्छ भनेनछन । माधव नेपाल र झलनाथ खनाल त बोल्दै बोल्नुभएनछ ।
अन्तिममा पार्टीको अर्काे बैठक बसाल्न अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सल्लाह गर्ने र बैठकको मिति तोक्ने निर्णय गरेर उहाँहरू उठ्नुभएछ । त्यस्तो बैठकमा हामी गए के, नगए के ? एकलौटी रूपमा बैठक स्थगित गर्न पनि मिल्दैन, राख्न पनि मिल्दैन । यो छुट दुवै अध्यक्षलाई छैन । बैठक स्थगित गरेर एजेन्डा नबनाउने छुट छ ? पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन दिनु हुँदैन । पार्टी त उहिल्यै विभाजन भइसक्थ्यो । म नै पार्टीलाई विभाजनबाट रोक्नुपर्छ, नेताहरूले एकतालाई असर पर्ने कुनै गतिविधि गर्न हुँदैन भनेर लागिरहेको छु । नेताहरूले सहमति गरेर निकास दिनुपर्छ, त्यसका लागि सुझाव दिन तयार छु भनेर बीचमा उभिएपछि बल्ल दुई अध्यक्ष वार्तामा बस्नुभएको हो । नत्र त उहाँहरू वारपार गर्न लाग्नुभएको थियो ।
हाम्रै कारणले हो यहाँसम्म अड्याएर ल्याएको । अहिले मैले बोकेको विचार जो छ, त्यो त वामदेवले बोक्न थाल्नुभयो । भीम रावलजस्ता कडा नेताले पनि बोक्नुभयो । पार्टी एकतालाई मजबुत बनाउने कुरामा सबै एकैठाउँमा आइपुग्नुभयो । अब अन्तर्विरोधको हल गर्ने विषयतिर अघि बढिरहेको छ । म न ओलीको न प्रचण्डको र न माधव नेपालकै पछि लागेर हिँडेको छु । कसैको वरिपरि नबसी मैले यो हिम्मत गरेको दुनियाँले देखेको छ ।
पछिल्लो चरणमा मलाई प्रचण्डसँग अलि असन्तुष्ट भएको भन्ने पनि सुनेको छु । त्यसमा सत्यता छैन । म प्रचण्डसँग असन्तुष्ट भएको छैन । प्रचण्डले बोलाएको बेलामा पनि जान्छु, ओलीले बोलाए पनि जान्छु । माधव नेपालले बोलाए पनि गइएको छ । उहाँहरूले के के गर्नुभएको छ, सबै कुरा थाहा छैन । भेला छलफलमा बोलाए जान्छु, नबोलाए जाने कुरै भएन । मलाई बोलाइदिएहुन्थ्यो, मलाई महत्व दिए हुन्थ्यो भनेर केही गुनासो छैन । मैले आफ्नो भूमिका निर्वाह गरेको छु । एकताको पक्षमा छु । कुनै आग्रह पूर्वाग्रह, यसो गर्दिए हुन्थ्यो भन्ने व्यक्ति म होइन ।
मंगलबार (असार १३) को बैठकपछि नेकपा विभाजनतिर गयो भन्ने चर्चा छ, तर मैले उल्टो सोचिरहेको छु । अब पार्टी एकताको लागि आधार बन्यो । त्यो बैठकले सबैका विचार, सोच बाहिर सतहमा आए एकताबद्ध हुनलाई त्यसले ठूलो मद्दत गर्छ जस्तो लाग्छ । निकास निकाल्न त्यो बैठक र गतिविधि धेरै फलदायी हुन्छ । अहिले कोही डेन्जर जोनमा छैनन । तर, त्यो बैठकपछि यी नेता बलिया भए, यी नेता कमजोर भए भन्ने विश्लेषणतिर म जान चाहन्नँ ।
मुख्य कुरा के भने मंगलबारको बैठकले एउटा आधार तयार गरेको छ । पार्टी एकता जोगाउन, अन्तरविरोधको निकास निकाल्नलाई त्यसले राम्रो आधार बनायो । त्यहाँ विभिन्न प्रवृत्ति र विचार अगाडि आए । कोही बैठकमा गएर बोलेर आयो, कोही नगएर आयो । त्यहाँ गएर नेता किन बोलेनन ? झलनाथ र माधवजी किन बोल्नुभएन ? धेरै कुरा छन नि ! एक पक्षले बैठक राख्ने र अर्कोले स्थगित गर्ने विवादसम्म पार्टी आइपुग्नु हुँदनथ्यो । मुख्य कारण त पार्टी एकतालाई आत्मसात गर्ने, एकता गर्दा जे सहमति गर्यौं, त्यसलाई पालना गर्ने र आफ्ना विचार राजनीतिक कार्यक्रमको स्तर बढाउने, राष्ट्र, जनता र विचारप्रति, योजना र कार्यक्रमप्रति विकास र समृद्धिप्रति केन्द्रित नहुने तर पदलाई मुख्य मानेको कारण यस्तो भएको हो । पद थोरै छन्, आकांक्षी नेता धेरै भए ।
प्रधानमन्त्री ओली वामदेव गौतम निवास भैँसेपाटी गए, यसले नेकपाभित्र फेरि केही पाक्दैछ कि भन्ने तर्क कतिपय साथीहरूका छन् । ओलीजी वामदेवजीकोमा गएर डिनर गर्ने, प्रचण्डजी गएर माधव नेपालकोमा वा माधव नेपाल प्रचण्डजीकोमा गएर डिनर गर्ने कुराले केही अर्थ राख्दैन । मुख्य कुरा विचारमा, सिद्धान्त, नीति र कार्यक्रममा के गर्छन भन्ने कुरा हो । अलि अगाडि वामदेवजीकैमा प्रचण्डजी, नेपालजी, झलनाथ, नारायणकाजी गएर चियापान गर्नुभएको थियो । अहिले ओलीजी गएर गर्नुभयो ।
मंगलबारको बैठकमा नगएको भनेर तपाईंहरूसँग त ओली पक्षधर खुब खुसी होलान् नि ? भन्ने जिज्ञासा पनि मिडियाका साथीहरूले राखेका छन् । तर, यथार्थ यो हो कि, हामीलाई कसैले बधाई दिउन भनेर नगएको होइन । कोही रिसाउलान भनेर नगएको पनि होइन । ओलीले पटकपटक भेट्नुभयो । प्रचण्ड नेपालसँग पटकपटक भेट्यौँ । हामी स्वतन्त्र छौैँ । कसले कसरी सोचिरहेका छन्, भन्ने बुझन् जान्न हामी ओपन छौँ । पार्टीभित्र यत्रो बहस चलिरहेको बेला यो सोच्नु अन्यथा होइन । हामीले केही योगदान गर्न सक्छौँ कि भनेर छलफलचाहिँ गरिरहेका छौँ । कोसँग नजिक या टाढाभन्दा पनि कसको विचार के हो त ?, कसले मिलाउन खोजिरहेको छ ?, हामीसित कसको विचार मिल्छ ? भनेर सबैले सोचिरहेकै छौं । अहिले हामी सवै नेकपा बनेका छौं । पूर्वपार्टीका आधारमा अव एकजुट हुनुपर्छ भन्ने कुरा गर्नु हुँदैन । पूर्वएमाले एकातिर, पूर्वमाओवादी अर्कातिर लाग्नुपर्छ भन्ने कुरा त पार्टी एकता होइन,बिभाजनतिरको बाटो हुन्छ । यस्तो काम कसैले गर्न हुँदैन ।
(नेकपा स्थायी कमिटीका सदस्य रायमाझीले मिडियासँग गर्नुभएको कुराकानी उहाँकै शब्दमा गरिएका सम्पादित अंश : सं)
प्रतिक्रिया दिनुहोस्