जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १२:२४

कोभिड–१९ मा भ्रम होइन सचेतना फैलाउँ


इन्द्र नेउपाने

कोभिड–१९ (कोरोना भाइरस)ले विश्व अहिले मानव स्वास्थ्य र आर्थिक रुपमा भयावहस्थितमा पुगेको छ । यसवेला सम्म कोरना सम्बन्धी हजारौं तर्क बितर्कहरू बजारमा आई सकेका छन । महामारीले देखाएको त्रास संगै यसको औषधी समेत कतिपय देशमा परीक्षणका रुपमा प्रयोग भईरहेका छन् । कतिपयले सकरात्मक संकेत देखाएका भने छन् ।

नेपालकै बिषयमा कुरा गर्ने हो भने पनि कोभिड–१९ को बारेमा हजारौं बिज्ञहरू निस्किसकेका छन् । हाम्रो समाज सधै बिद्रोही स्वाभाव जस्तै भएको छ । कुनै पनि कुराको चाडो प्रभावमा पर्ने , चांडै प्रतिकृया दिने , कोरोना महामारी भनिएको यो आधा बर्षमा हामीले कयौं उतारचडावहरू भोगेका छौं । लकडाउनका सुरूका दिनहरूमा हामी स्वास फेर्न पनि डरायौं । सजगता र सचेतना फैलाउंदै दिनहरू बिते । जव चैत ११ गतेबाट शुरु भएको लकडाउन खुकुलो भयो हामी सिनेमा छुटेजस्तो गरेर सडकमा निस्कियौ । सायद यही असावधानीको कारण कोरोना संक्रमितको संख्या ह्वातै बढ्न पुग्यो ।

सरकार र सम्बद्ध पक्षहरू यो बिषयमा अलमलिंदा समाजको सहीमार्ग दर्शन हुन पुगेन । यही अवसर सदुपयोग गरेर समाजको बिभिन्न क्षेत्रका मानिसहरूले आ-आफ्नो स्वार्थ अनुकुल कोरोनाको ब्याख्या सामाजिक संजालमा फैलाउन सफल भए । समाज दैनिकी कसरी चलाउने भनेर चिन्ता गर्न बाध्य भएको वेला यू ट्यूवर हरूले राम्रै खेती चलाए ।

खासगरि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्थपना देखिनै यूरोप र दक्षीण अमेरीकाका केही लागु औषध कारोबारी संस्थाहरू यसको बिरोधमा थिए । नेपालमा आधुनिक चिकित्सा बिज्ञानको बिरूद्धमा नभइ आफ्नो पक्षमा जन बिश्वास बटुल्न अन्य स्वास्थ्य निकायहरू मजैले लागेको पाईन्छ । अझ दुःख लाग्ने कुरा त समाजका सचेत भन्ने कतिपय बिध्वानहरूले कोरोनालाई आफ्नो स्वार्थ अनुसार सामाजिक प्रचार गरें ।

आजपनि कतिपय कोभिड निको भएर बाहिर आउनेहरूले यसलाई सामान्य रूगाखोकी सरह मान्नु भएको छ । उहांहरूले सामाजिक सञ्जालमा गरेका पोष्टले स्थिती सामान्य हो नडराउन तर सचेत र सजग रहन प्रेरीत नगर्दा समाजमा यो संक्रमण अझ फैलन सक्छ । कोरोना यूवाहरूमा (जसको रोग प्रतिरोधात्मक क्षमता बलियो छ) सामान्य तवरले निको होला तर बुढा पाका र दीर्धरोगीहरूको बांच्ने अधिकारप्रति हामी कती सम्वेदनशिल छौं भन्ने प्रश्न उठछ ।

कतिपय साथीहरूले एउटै पोष्टमा यो पश्चिमाहरूको अफवाह हो । महामारी हैन भन्ने र अर्को तीर सरकारले पिसिआर तुरुन्त बढाओस भन्ने जस्ता बिवादित बिषय उठाउनु भएको छ यो आफैंमा बिवादित प्रचार हो । सरकारले पनि यस्ता विषयमा भ्रम फैलाए कारवाही गर्ने चेतावनी दिईसकेको छ । लकडाउन र निषेधाज्ञा मात्र समाधान हैन यो सत्य हो । तर बिषयलाई अप्रभड्ग्स बनायौ भने सवै खोलेरपनि समस्या समाधान सम्भव छैन ।

यसवेला समाजका सचेत बर्गले सामाजिक चेतना जगाउदै आम नागरिकमा सही सूचना र सन्देश प्रवाहा गर्न प्रयत्न गर्नु पर्दछ । सरकारले के गर्यो ? दलहरूले के गरे ? को कहां चुको या कसले राम्रो गर्यो, गरेन समिक्षा गरौंला । तर अहिले समाजलाई सचेत र सजग बनाएर दिनचर्यामा फर्कन सवैको मत एक बनाउनुको बिकल्प छैन ।

हामी कतिसम्म लहडबाज भएका छौं भने यो बेला सामाजिक सन्जालमा एउटा भिडियो बाहिर आएको छ । भिडिओले भन्छ, ‘कोभिड बिरामी भनेर शरीरका अंग झिकेर ब्यापार भैरहेको छ…’ हामीलाई थाहा छ यूट्यूवरहरू आफ्नो साईड धेरै चलोस र पैसा बढीहोस भनेर बिभिन्न बहानामा तथ्यहिन खवरलाई पनि मलजल गरेर पोष्ट गरिरहन्छन ।

आदर्णीय जनहरू शरिरको अंग सजिलै अम्बा टिपेजस्तो निकाल्न मिल्छ रु त्यासकोलागि दक्ष डा. र स्टोरेज सिस्टम आवस्यक छैन ? फेरी त्यो अस्पतालमा काम गर्ने डा. जागिरे हुन, नर्सहरू जागिरे हुन के उनीहरू यो धन्दाका सांछी हुन्छन ? उनिहरू तपाई हाम्रा छोराछोरी हैनन र ?

यै भिडियोवालले अर्को यू ट्यूवमा भनिरहेछन, कोभिड हैन अन्य रोगले मानिस मरेका छन । यसो हो भने सुगर ,क्यान्सर, किड्नी पिडितको अंग झिकेर के गर्ने ? एउटा कुरा मनन गरौं आयूर्बेद होमियोहरू जीवन पद्दती हुन अत्यावसेक छन तर आजको दिनमा हाम्रो स्वास्थ्य जीवनको अन्तिम भरोसा आधुनिक चिकित्सा बिज्ञान नै हो ।

आधुनिक चिकित्सा बिज्ञानले कोरोनालाई संकटपूर्ण भाईरसको रूपमा लिएको छ । यद्दपी पछील्ला अवस्थाले यो भाईरसको कारण अत्तालिनु र डराउनु पर्ने अवस्थामा हामी पुग्नु हुन्न । आत्मावल र साधना यसका सहयोगी हुन सक्ने घटनाहरूले देखाएको छ ।

तर, आज हामी नबुझी या धेर बुझेर यूट्यूवरहरूको पोष्ट ‘प्रमोट’ गरेर बहादुरी बढाइराछौं । त्यो पैसा यूट्यूवरलाई जाने हो । तर जुन दिन तपाई हामीलाई समस्या पर्छ तपाई हामी त्यै अस्पतालको ढोका चाहार्नु पर्छ र तिनै डा. को मा बार बार फोन लगाउनु पर्छ । डा साव मलाई यस्तो भैरहेको छ के खाउ ? त्यस बखत यी यूट्ब र पोष्टहरू वाईयात भन्ने थाहा लाग्छ । त्यसबेला सायद समय अलि ढिला भैसकेको हुनेछ ।

आज समय छ, समंयम र सचेत बनेर आ आफ्नो क्षेत्रमा लागौं । कोरोना सहजै परास्त गर्न सरकार र डब्लुएचओले तोकेको न्यूनतम स्वास्थ्यका मापदण्डलाई आफ्नो आनिबानिमा लागु गरौं । हाम्रा ब्याक्तिगत र सामाजिक जीवनमा यी आनिबानी सिकेर कुनै बेफाईदा हुनेछैन । हामीले सचेत नबनुनजेल जस्तै परिकल्पना गरेपनि हामी जता उभिएपनि भाईरसले त्यसलाई नजरअन्दाज गरेर शरिरमा पस्छ । त्यसैले सचेत र सावधानी अपनाऔं । समय र अवस्था हाम्रो वसमा छैन त्यसैले सकारात्मक सोचौं, सवैको जय होस…।