जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार ०९:१९

तथ्यबाटै देखिन्छ युवराज खतिवडाको अब्बल काम


काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएका डा. युवराज खतिवडा नेकपाभित्रको राजनीतिक किचलोका कारण राजीनामा दिनुभएपछि पनि उहाँबिरुद्धको प्रचारयुद्ध जारी नै छ । भन्सारदेखि करसम्म छली गर्ने समुहको योजनामा खतिवडाबिरुद्ध लेख्ने र बोल्नेहरुको बाढी लागेको देखिन्छ । कोरोना महामारी भन्दा अगाडि सवै क्षेत्रमा सुधारको तथ्यांक देखिए पनि आफूले लुटन नपाएको त्यो समुह खतिवडाको कार्यकालमा सुधार नै नभएको बताइरहेको छ ।

प्रधानमन्त्री ओलीका बिश्वास जितेर आर्थिक सुधारको क्षेत्रमा आफ्नो कार्यकाल खतिवडाले बिताउनु भएको कुरा तथ्यले भने देखाइरहेको छ ।
तथ्यहरुले भने खतिवडाको आलोचना गर्नेहरुलाई गलत सावित गरिरहेको छ । अर्थ मन्त्रालयतको नेतृत्व खतिवडाले सम्हाल्दा जताततै समस्या थियो । नेपालमा लगानी आउने हो कि होइन, दाताले बिश्वास गर्ने हुने कि होइनन भन्ने चुनौती थियो । यही कुरालाई ध्यानमा राखेर लगानी सम्मेलन गर्ने योजना बन्यो । सम्मेलनको तयारी गर्ने क्रममा बनाएका कानुनहरु सार्वजनि निजी साझेदारी ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन लगायतका ऐनहरुले लगानीको वातावरण ठीक छ भन्ने अवस्था भयो। १४ खर्ब रूपैयाँको त लगानी बोर्डमार्फत लगानी प्रतिबद्धता आयो। एक खर्बभन्दा बढी लगानी उद्योग विभागमार्फत प्रतिवद्धता आए । दुई खर्बभन्दा बढीको त सम्झौता नै भइसकेको छ। अरु सम्झौता हुने क्रममा छन्।

उद्योग मन्त्रालयबाट पनि लगानी बढेको छ। बैंकिङ प्रणालीबाट यो बीचमा १०र१२ खर्बको लगानी निजी क्षेत्रमा थपिएको छ। लगानीको वातावरण नेपालमा छ भनेर लगानी सम्मेलनमार्फत सन्देश दिन र त्यसको वरिपरि सुधारहरु अघि बढाउन सकियो। नेपालको डुइङ विजनेश इन्डेक्समा पनि सुधार आएको छ। उद्योग विभागका ‘सिङ्गल विण्डो’ प्रणाली लागू भएको छ। लगानी बोर्डमा पनि प्रारम्भिक रूपमा सुरू भएको छ। बैंकको ब्याजदर अस्वभाविक रूपमा बढ्दै जाँदा लगानीको वातावरण बन्दैनथ्यो। ब्याजदरलाई पनि केही व्यवस्थापन गरिएको छ । त्यतिबेला ब्याजदर बजारमैत्री भएर भनिन्थ्यो। अहिले व्याजदर स्वभाविक रूपमा आएको छ। यी सबै कामले गर्दा नेपालमा लगानीको लागि राम्रो वातावरण बन्यो। जुन खतिवडाका लागि मात्रै होइन, सवैका लागि सन्तुष्टिको विषय हो ।

दातृ निकायहरू पर्ख र हेरको स्थितिमा थिए। त्यो आइस ब्रेक गर्नु थियो। खतिवडाले नै विश्व बैंकको सबै कार्यकारी निर्देशकहरू भएको सभालाई सम्बोधन गर्नुभयो । विश्व बैंकमा र अन्तर्राष्ट्रिय दातृ निकायमा सबैभन्दा ठूलो प्रभाव राख्ने २५ वट मुलुकका कार्यकारीहरू रहेको सभामा खतिवडाले नेपालको लोकतन्त्र कस्तो ? प्रजातान्त्रिकरणको अभ्यास कस्तो रु वित्तीय संघीयता कार्यान्वयनको हाम्रो दृष्टिकोण कस्तो ? हामी कस्तो किसिमको विकास चाहन्छौं ?सरकारले सार्वजनिक निजी क्षेत्रको परिपूरक भूमिका कसरी निर्वाह गर्न सक्छौ ? दातृ निकायसँग हाम्रो सम्बन्ध के हुन्छ ? हाम्रो प्राथमिकतामा उहाँहरुले कहाँ लगानी गर्न सक्नुहुन्छ ? भनेर कन्भिन्स गर्नुभयो । त्यो सम्बोधनले काम गर्‍यो र लगानीसँगसँगै सहायता पनि बढ्यो। जस्को परिणाम ‘ब्ल्याङ्क चेक’ जस्तो तिमी पैसा लैजाउ, आर्थिक सुधार र पुनरुत्थानको काम गर ,हामी कुनै शर्त राख्दैनौं भनेर सहयोग गरे । यो काम खतिवडाबाहेक अरु अर्थमन्त्रीले न हिजो गरे, नत भोलि नै गर्न सक्छन ।

बजेट सुधारको क्षेत्रमा पनि खतिवडाले धेरै काम गर्नुभयो । उहाँ अर्थमन्त्री हुनेबेलासम्म जथाभावी बजेट स्वीकृत गर्दै जाने अवस्था थियो। त्यसमा पनि वित्तीय संघीयता कार्यान्वयन गर्दै जानु थियो । खतिवडा सरकारमा आउँदा जम्मा दुई वटा ऐन थियो। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त ऐन। बजेट प्रणाली पनि थिएन। बजेटको निकाशा देखि बजेट प्रणाली केही थिएन। सबै काम उहाँले न गर्नुभयो । साझा अधिकार सूचीका विवादका कुराहरु, स्रोत व्यवस्थापन, तीन तहको सरकारको बीचमा स्रोत बाड्ने कुराहरु, संघीयतामा झगडाको बीऊ यही हुन्छ भन्ने कुरामा ध्यान दिएर काम गर्नुभयो। सुरुको अवस्थामा वित्त आयोग पनि गठन भएको थिएन। राष्ट्रिय योजना आयोग गठन भएको थिएन। तीनवटै निकायको प्रारम्भिक काम उहाँलै गरेर पहिलो बजेट ल्याउनु परेको थियो। क्रमशः तिनै तहका सकारका साझा अधिकारका कुराहरु, स्रोत विभाजनका कुराहरु अथवा एकल अधिकारका कुराहरु मिलाउँदै जान सफल भयो । तर खतिवडाकै प्रयाशबबाट सहज ढंगले नेपाल अब संघीयता कार्यान्वयनमा अघि बढ्यो भन्ने अन्तर्राष्ट्रिय, राष्ट्रिय अवस्था सिर्जना भयो।

यस्तै खतिवडाको कार्यकालमा बजेट अनुशासन कायम भयो । बजेट तर्जुमा गर्ने, बजेट कार्यान्वयन गर्ने, खर्च निकाशा गर्ने, भुक्तानी दिने, लेखा परीक्षण गर्ने यो सबै विधि सम्बन्धी वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन संसदबाट पास भयो । खुल्ला स्रोत दियो भने जथाभावी खर्च गर्छन् भन्ने दातृ निकायको धारणा हुन्थ्यो। त्यो अन्त्य भएको छ । त्यसैगरी, लेखापरीक्षण ऐन पनि संशोधन भयो। आन्तरिक लेखा परीक्षणलाई पनि बलियो बनाइएको छ । यो। यस्तै वर्षैभरि नयाँ बजेट, नयाँ कार्यक्रम, नयाँ निकासा सधैं चलिरहन्थ्यो। त्यो बिकृतिलाई खतिवडाले नै रोख्नुभयो । बजेटमा भएका कार्यक्रम भन्दा बाहिरबाट हुने पटके निकाशा रोकियो। कोभिड–१९ को सन्दर्भमा अहिले केही त्यस्तो निकाशाबाहेक मन्त्रिपरिषदले गरेको इमर्जेन्सी निर्णय गरेकोमा बोहक त्यस्तो निकाशा अव हुँदैन। सालैभरि नयाँ नयाँ बजेट हाल्दै जाने काम बन्द भयो र खर्च गर्ने विधिमा पनि राम्रो भयो।

उपभोक्ताले तिरेको मूल्यअभिवृद्धि कर विक्रेतालाई फिर्ता गरिरहेका अवस्था थियो, उपभोक्ताको हातमा पनि नपर्ने र सरकारको ढुकुटीमा पनि नरहने कर फिर्ताको कुरा रोक्नलाई त्यति सजिलो थिएन। अर्थमन्त्रालयका पदाधिकारीहरुले दशकौदेखि गर्नुभएको प्रयास सफल हुन सकेको थिएन। गर्ने भनिए पनि अन्तिममा राजनीतिक दबाब आएर रोकिने गरेको थियो । भन्सारमा मालसामान आउँदा न्यून विजकीकरण हुने र बजारसम्म आउने, नक्कली विल विजकहरु बन्ने अवस्था थियो। खतिवडाले नै यसलाई रोक्न लगाउनु भयो 

खतिवडाले अर्थको नेतृत्व सम्हाल्दा राजश्वमा विकृतिहरु पनि धेरै थिए। पहिलो त प्रशासनिक चुहावट पनि थियो। तर, नीतिगत रूपमै चुहावट हुने अवस्था थियो। विधिवत रूपमा कुनै व्यवसायीलाई उन्मुक्ति दिनुपर्‍यो भने कर फर्छौट आयोग आयोग गठन गरे पुग्थ्यो। पहिलो विधेयकबाट नै खतिवडाले त्यो बिकृति हटाइ दिनुभयो । उपभोक्ताले तिरेको मूल्यअभिवृद्धि कर विक्रेतालाई फिर्ता गरिरहेका अवस्था थियो, उपभोक्ताको हातमा पनि नपर्ने र सरकारको ढुकुटीमा पनि नरहने कर फिर्ताको कुरा रोक्नलाई त्यति सजिलो थिएन। अर्थमन्त्रालयका पदाधिकारीहरुले दशकौदेखि गर्नुभएको प्रयास सफल हुन सकेको थिएन। गर्ने भनिए पनि अन्तिममा राजनीतिक दबाब आएर रोकिने गरेको थियो । भन्सारमा मालसामान आउँदा न्यून विजकीकरण हुने र बजारसम्म आउने, नक्कली विल विजकहरु बन्ने अवस्था थियो। खतिवडाले नै यसलाई रोक्न लगाउनु भयो । यस्तै राजस्व चुहावट रोक्न भेइकल कन्साइनमेन्ट ट्रयाकिङ लाई अनलाइन प्रणालीमा लागू गरियो।

यसैगरी कर प्रणालीलाई प्रगशील बनाउनुपर्छ भनेर धेरैले पहिलेदेखि भनिँदै आइएको थियो। तर, कसैले आँट गरेनन । त्यो काम पनि खितवडाले नै गर्नुभयो कतिपय नचाहिने कुराहरुमा अन्तःशूल्क लाग्ने कुरा थियो। त्यो पनि हटाउनुका साथै भ्याटमा नक्कली बिल बिजकको धेरै विषयहरु थिए। अहिले ठूला व्यवसायीहरुले अनलाइनमै विलिङ गर्ने अवस्था कायम गराउनु भयो । यी तथ्यहरुले खतिवडालाई अब्बल र सफल अर्थमन्त्रीको रुपमा स्थापित गरेको छ ।