नेपालको बाम राजनीतिमा कोरोना कहरसँगै बालुवाटार र भैसेंपाटी दुईवटा राजनीति केन्द्र देखापरेपछि अब नेकपा विभाजित हुनेभयो र नेपाली जनताले देशमा साहसपूर्वक २०१५ पछि दोस्रो पटक राजनीति स्थायित्वका लागि गत संसदको निर्वाचनमा प्रदान गरेको अभिमत व्यर्थ सावित हुने खतरा उत्पन्न भएको थियो । पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका गिराउन बिदेशी चलखेल भइरहेको र नेकपाकै नेता पनि त्यसमा संलग्न भएको आशंका उत्पन्न गरेपछि नेपाल राष्ट्र फेरि अँध्यारो खाडलतिर भासिने त्रासले नेपाली जन मानसलाई त्राहिमाम पारेको थियो । राजनीतिका चतुर खेलाडी केपी शर्मा ओली सपरिवार भैंसेपार्टी डिनरमा जानुभयो । नेपाल राष्ट्रलाई अस्थिरताको अँध्यारोमा धकेल्ने राजनीतिलाई समाप्त पार्न सफल हुनुभयो ।
नेपाली राजनीतिमा फेरि समझदारी र सर्वहारा वर्गको राजनीतिलाई एकीकृत गर्दै अघि बढ्ने नेपालका देशभक्त प्रगतिशील जनसमुदायको आकांक्षालाई सुदृढ गर्ने ज्यादै उच्चस्तरको छलाङ मार्ने काम भयो । देशी विदेशी प्रतिकृयावादी सामन्ती विघटनकारी अनेक प्रकारका प्रतिगमनका मतीयारहरु सबै जिल्लिए । प्रधानमन्त्री ओलीले एक कदम अघि बढेर आफ्ना सहयोद्धा बामदेव गौतमलाई पार्टी सचिवालयका नेताहरुको चाहनालाई मध्यनजर राखेर संसदमा समेत प्रवेश गराउनु भयो । त्यस अतिरिक्त क पुष्पकमल दाहाल, प्रचण्डलाई कार्यकारी अधिकार दिनुका साथै एमसिसिलाई परिमार्जनसहित पारित गर्ने सहमति गरी एकता र समझदारीको नयाँ उचाइ प्राप्त गर्न नेकपा सफल भयो ।
एकातिर नेकपा सशक्त, सबल, एकीकृत राजनीतिक दलको रूपमा अघि बढिरहेको छ भने अर्कातिर कोरोना कहरका कारण दयनीय अवस्थामा पुगेको अर्थतन्त्र र कर्मचारीतन्त्रको सामन्ती ढाँचाका कारण सरकारले कतिपय राष्ट्रिय मुद्दामा अप्ठ्यारो स्थिति भोग्नु परिरहेको छ । कोरोनाले जनजीवनलाई पारेको भयावह त्रास त्यसैमाथि बाढी र पहिरो अनि आपतकालीन व्यवस्थापनमा देखापरेको त्रुटीहरुलाई लिएर पार्टी र प्रधानमन्त्रीमाथि हमला गर्ने काममा प्रतिपक्षभन्दा बढी विभिन्न दल र विचारको छाता ओढेका तर आन्तरिक र बाह्य शक्ति केन्द्रबाट संचालित तत्वहरु तिललाई पहाड बनाएर अनेकथरी आक्षेपहरु लगाउने काममा व्यस्त देखिन्छन् । यस्ता क्रियाकलाप अघि बढाउन कतिपय जागिरे प्राध्यापकहरु नै यस्ता काल्पनिक कथ्यहरुको रचना गरिरहेका छन । अँध्यारो, अस्थिरता र प्रतिगमनका पृष्ठपोषकहरुको पृष्ठभूमि हेर्दा हिजोदेखिको दरबारिया सामन्ती खलनायकहरु एउटा कुनाबाट कागजका तीर छोडिरहेका छन् ।
अर्को कुनाबाट दक्षिणपन्थी क्षेत्र बिशेषको आग्रह लिएका साम्प्रदायिक शक्तिका मतियारहरु जसमा कतिपय त भर्खरै नागरिकता लिएर नेपालमा कुनै दुतावासको साहाराले जागिरे भएका र अझ भौतिक योजना मन्त्रालयका अति भ्रष्ट एक ओभरसियरले त बिदेशी जासुसी संस्थाका निर्देशकहरुले लेखेका लेख आफ्नो नाममा छापेर नेकपाका नेताहरु र यसको नीतिलाई दुताबासबाट सञ्चालित ठूला पत्रिकाहरुमा निकै नाच्ने गरेका छन् । उनको हैसियत चिनेर नै नेकपाले अहिलेसम्म बिस्टा नचलाउने नीति अख्तियार गरेको देखिन्छ्र । अनेकथरी निशाचर नचाएर केही नलागेपछि अब दक्षिणको एउटा दूतावास (वामपन्थी) हरुलाई नै बौद्धिक बहसमा उतारेको छ । त्यसको पछिल्लो कडीको रुपमा नामै लिएर भन्नुपर्दा असोज २ गते शुक्रबारको कान्तिपुरमा पूर्वसांसद एवं साहित्यकार नारायण ढकालको लेख हेर्न सकिन्छ । कुनै समय दिशाहीन हिप्पी भएर बरालिएर हिँडेका अराजक चरित्रका शिक्षक नारायण ढकालले “दिशाहीन समाजवादको पटकथा“ शीर्षकको लामो लेखमाआफ्नो अराष्ट्रिय दूतको चरित्रलाई छताछुल्ल पारेका छन ।
नारायण ढकालको लेखले जम्मा दुई वटा कुरा उठाएको छ : १. प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासम्मको चुच्चे नक्सा बनाएकोमा उनलाई घोर आपत्ति के मा छ ? भने प्रधानमन्त्रीले महाकाली सन्धि गराउन विशेष भूमिका खेलेका थिए । त्यसैले विरोध गर्न मिल्दैन भन्ने उनको तर्क छ तर नारायण ढकाललाई नजिकबाट चिन्ने एक नेताले उनलाई एउटा दूतावासको खोपामा मासिक तलब बुझ्ने आरोप लगाउँदै उनी टनकपुर, कालापानी आदि सवालमा देश बिरोधी पङ्क्तिमा थिए र पत्रपत्रिकामा महाकाली सन्धीको विपक्षमा आफ्ना विचारहरु प्रवाहित गरेका थिए । २. नारायण ढकालको लेखले प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्छ भनेको कुराको ढिलो भएपनि आफ्नो मालिकका इसारामा प्रतिवाद गरेका छन र आफ्नो कित्ताकाट नेपाललाई होच्याउने विस्तारवादीहरूको पक्षमा निर्लज्जताका साथ सहयोग गर्न पुगेका छन ।
यस्तै श्री ढकाल पनि भारतीय डिजाइनको ओभरसियर अथवा डा. बाबुराम भट्टराई टाइपका बौद्धिकता देखाउँदै प्रधानमन्त्रीलाई समाजवादी नभएर लोकरन्जनवादी अनि इन्दिरा गान्धी जस्तो निरंकुश भन्दै दोहोरो भ्रम छर्न खोजेका छन । इन्दिरा गान्धी र केपी ओलीलाई एकै ठाउँ राखेर गोधी मिडिया टाइपका भारतका प्रम मोदीको विस्तारवादी साम्प्रदायिक सत्ताको निकृष्ट स्तरको दलाली नारायण ढकाल जस्ता वामपन्थी लेखकले गरेका छन । उनले दलालीपनको पनि रेकर्ड तोडेका छन । प्रम केपी ओलीका पपुलरिस्ट अर्थात लोकरन्जनवादी अवधारणाको बारेमा धेरै चर्चा भइसकेको छ । उहाँले सांस्कृतिक साम्राज्यवादको मात्र भण्डाफोर नगरी जनताको आशाको शिखर पुरुषको नाताले नेपाल राष्ट्रको समृद्धि, उन्नति, प्रगति र रुपान्तरणको हजारौं सपनाहरु बाड्नु भएको छ ।
सर्वहारा वर्गका महान नेता माओले सयौं विचारहरु मौलाउने र हजारौं फूलहरू फुलाउने नारा दिनु भए जस्तै नेपाल राष्ट्रलाई सबै पक्षबाट परिपूर्ण गराउन रेल, सडक, पानीजहाज आदिको सपना बाँड्नु कुनै अपराधकर्म होइन । कोरोनाको उपचार सम्बन्धमा चौतर्फी विरोधका बीचमा पनि केपी ओलीले नेपाली जडिबुटीको पक्षमा उभिने कामले उहाँले माओसेतुङ र गान्धीको स्थानमा उभ्याएको केही विद्वान्हरूको विचारलाई समाजिक सञ्जालमा दशौं लाख पाठकहरुले स्वागत गरेको नारायण ढकाल र उनलाई सञ्चालन गर्ने तत्वहरुलाई जानकारी भएन कि ?
प्रतिक्रिया दिनुहोस्