जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १६:५१

गुणस्तरहीन स्यानिटाइजर बजारमा छ्याप्छ्याप्ती, थप २ उत्पादनमाथि प्रतिबन्ध


काठमाडौं, असोज १४

गुणस्तरहीन स्यानिटाइजर बजारमा आएपछि औषधि व्यवस्था विभागले थप २ स्यानिटाइजर उत्पादनको बिक्रि वितरणमा रोक लगाएको छ । विभागले सेफ ह्याण्ड २०० एमएल र १ लिटरको ह्याण्ड रब इन्स्ट्यान्ट ह्या्ण्ड स्यानिटाइजर न्यून गुणस्तर रहेकाले बिक्रि वितरणमा रोक लगाउदै बजारबाट तुरुन्त फिर्ता गर्न सूचना जारी गरेको छ ।

यी दुबै नेपाली उत्पादन हुन् । यसअघि पनि विभागले पटक–पटक विषाक्त रसायन मिसाएको तथा गुणस्तरहिन २० स्यानिटाइजर उत्पादनलाई प्रतिवन्ध लगाउको थियो ।