जनता टाइम्स

६ माघ २०७७, मंगलवार ०७:४०

इण्डोप्यासिफिक रणनीतिको सेरोफेरोमा अमेरिका-भारत सम्वन्ध


एकातर्फ चीनको भीमकायी परियोजना रेशम मार्ग छ भने अर्कोतर्फ अमेरिकीको इण्डोप्यासिफिक रणनीति रहेको छ । आउँने दिनमा वाइडेनले इण्डोप्यासिफिक रणनीतिलाई कसरी बढाउँछन भने प्रश्नको जवाफ भने भविष्यको गर्भमा नै छ

विपिन देव

सन् २००७ मा जपानका प्रधानमन्त्री सिन्जो आवेले नयाँदिल्लीमा इण्डोप्यासिफिक शब्दको न्वारान गरेका थिए । सन् २००७ पछि इण्डोप्यासिफिक शब्दले राजनीतिक, कूटनीतिक, समारिक र आर्थिक भाष्य प्राप्त गर्यो । जनवरी ५ को ट्रम्पका सर्मथकले प्रजातान्त्रिक मूल्य मान्यतालाई मानर्मदन गरेर प्रजातन्त्रको उपहास गरेपछि सारा संसारले ट्रम्पको सर्मथक र नृजातीय वर्गको आचरण र व्यावहारप्रति खेद प्रकट गर्यो । यही पृष्टभूमी र परिवेशमा ट्रम्प सरकारले आफ्नो इण्डोप्यासिफिक नीतिलाई सार्वजनिक गरेको छ ।

अमेरिकी मूल्य मान्यताअनुसार यस्ता किसिमका दस्तावेजहरू सरकार छोड्दा सार्वजनिक गर्ने परम्परा छैन । अमेरिकी इतिहासको आधारमा भन्ने हो भने सरकारको यस्ता गोप्य रणनीतिक र सामरिक दस्तावेज सरकारको विघटनको २५ देखि ३० वर्षपछि सार्वजनिक गर्ने परम्पसरा रहिआएको छ । तर ट्रम्पले हरेक परम्परा र मान्यतालाई ट्रम्परियन शैलीवाट अगाडि वढाएको देखिन्छ । त्यसकारण ट्रम्पको नीति आलोच्य रहेको छ । ट्रम्पको इण्डोप्यासिफिक रणनीतिको यो दस्तावेजलाई संसारको मूधन्य छापाखानाहरू वासिङ्गटन पोष्टदेखि टाइम्ससम्मले सम्पादकीय र आलेख छापेर एउटा वहस चलाएका छन । खास अर्थमा भन्ने हो भन्ने यस दस्तावेजले अमेरिकाले इण्डोप्यासिफिक क्षेत्रमा के कस्तो नीति र कार्यक्रम लिने भन्ने विषयमा १० पानामा आलोकित गरेको देखिन्छ ।

इण्डोप्यासिफिक क्षेत्रमा अमेरिकाले आप्mनो ६० प्रतिशत जलसेना, ५५ प्रतिशत थल सेना र आप्mनो दुई तिहाई म्यारीन तैनाथ गरेर सामरिक रुपले आफ्नो श्रेष्ठता कायम गरेको देखिन्छ । जानकारहरूको शब्दमा भन्ने हो भने चीनको दवदवालाई सन्तुलन गर्न विश्वको सबभन्दा व्यस्त व्यापरिक सामुद्रिक वाटोमा अमेरिकाले आप्mनो सैनिक सुदृढीकरण गरेर आफ्नो सार्मथ्यलाई पुष्टि गरिएको छ । तर ट्रम्पको दस्तावेज यसवेला सार्वजनिक हुनु जस्ता परिघटनाले विभिन्न किसिमको व्याख्याहरू विश्व संचारमा पढन र सुन्न पाइन्छ । ट्रम्पको इण्डोप्यासिफिक रणनीति सार्वजनीक गर्नुको पछाडि वाइडन सरकारलाई चीनप्रति कठोर नीति लिन रणनीतिक दवाव दिनु हो भने भारतका पूर्वराजदुत प्रभु दयालको तर्क रहेको छ ।

अर्थात चूनावी अभियानमा डेम्योक्रयाट अपेक्षाकृत चीनप्रति कम आर्कमक रहेको देखिन्छ । त्यसकारण ट्रम्प सरकारले वाइडनलाई चीनप्रति कठोर नीति लिन यस्तो गोप्य दस्तावेज सार्वजनीक गरेको देखिन्छ । यस तर्कवाट सामरिक जानकार डा. चोलीया सहमत देखिदैनन । उनले प्रष्ट रुपमा भनेका छन कि आउने दिनमा वाइडन सरकारले चीनियाँ नीतिमा विगतको सरकारको रणनीतिलाई निरन्तरता नै दिने छ । आफ्नो तर्कलाई पुष्टि गर्दै डा. चौलिया के भनेका छन कि वाइडनले सेक्रेटरी अफ स्टेटमा विलकनलाई नियुक्त गरेर प्रष्ट रुपमा संकेत दिएका छन कि अमेरिकाले चिनियाँ नीतिमा कुनै परिर्वतन गर्ने छैन । स्मरण रहोस एनटोनी विलकनको भाषण र आलेखहरूले के इंकित गरेको छ कि प्रजातान्त्रिक मूल्य मान्यतालाई वहाल राख्न चीनको वढ्दो दवदवालाई नियन्त्रण नै गर्नु पर्दछ । त्यस्तै वाइडनले आफ्ना सल्लाहकारका रुपमा स्यालभनलाई नियुक्त गरेका छन । स्यालभन पनि चिनियाँ नीतिको कटू आलोचक देखिन्छन ।

जानकारहरूको अनुसार आउने दिन वाइडनले चिनियाँ विरोधी नीतिलाई अगाडि नै वढाउने छ । त्यस अर्थमा इण्डोप्यासिफिक रणनीतिमा अमेरिकी नीतिमा कुनै परिर्वतन हुने सम्भावना छैन । वरु इण्डोप्यासिफिक रणनीतिमा ट्रम्प भन्दा वाइडन वढी संवेदनशील देखिन्छ । संवेदनशिलताको प्रतिनिधि उदाहरण क्रट क्याम्पेललाई इण्डोप्यासिफिक क्षेत्रको जिम्मेवारी दिनु हो । कर्ट क्याम्पेल वराक ओवामाका राष्ट्रपतीय कालमा अमेरिकाको एशिया नीतिलाई हेर्ने जिम्मेवारी पाएका थिए ।
इण्डोप्यासिफिकको दस पानाको दस्तावेजमा भारतको नाम २० ठाउँमा उल्लेख भएको देखिन्छ । २० ठाउँमा भारतको नाम उल्लेख गरेर अमेरिकाले प्रष्ट रुपमा संदेश के दिएको छ कि हिन्द महासागरको क्षेत्रमा भारतको नेतृत्व अपरिहार्य देखिन्छ ।

भारतलाई हात हतियार लगायत विभिन्न किसिमको उपकरणवाट सुसज्जित गरेर प्रजातान्त्रिक मूल्य र मान्यताको अधारमा कर्वाड (अमेरिका, जपान, अष्ट्रेलिया र भारत) को गठवन्धनलाई बलियो वनाउँदै लग्नु पर्दछ । अमेरिकी नीतिअनुसार चीनको इण्डोप्यासिफिक क्षेत्रमा वर्चश्व वढ्ने वित्तिकै जपान, अष्ट्रेलिया, साउथ कोरियाजस्ता मुलुक दवावमा आउँन सक्दछ । त्यसर्थ प्रजातान्त्रिक गठवन्धनलाई बलियो बनाउँदै कर्वाडमा अरु सदस्यहरूको आवद्धता पनि वढाउनु पर्दछ भने अमेरिकी नीति रहिआएको छ ।

अमेरिकाको यस रणनीतिवाट चीन आक्रोशित देखिन्छ । चिनियाँ अखवार ग्लोवल टाइम्सले प्रष्ट रुपमा उदघोष गरेको छ कि चीनले जापनसंगको २०० विलियनको व्यापार, साउथ कोरियासँग २०० विलियनको व्यापार भारतसँगको १०० विलियनको व्यापारलाई उच्च महत्व दिएको छ । ग्लोवल टाइम्स चिनियाँ सरकारको मुखपत्र हो । अमेरिकाको इण्डोप्यासिफिक रणनाीतिले एकातर्फ भारतसँग सामिप्यता र निकटता बढाएको छ भने अर्कोतर्फ चीनसंग कटूता बढाएको देखिन्छ । यूरोपेली मूलुकहरू खास गरेर जर्मन र फ्रान्सले इण्डोप्यासिफिक रणनीतिलाई सर्मथन गरेको देखिन्छ भने भारतको क्रवार्डप्रतिको आवद्धतालाई रसियाले आपत्ति जनाएको देखिन्छ ।

यसरी अमेरिकाले इण्डोप्यासिफिक क्षेत्रमा चीनलाई घेरावन्दी गर्नुका विभिन्न कारणहरू छन । ६० को दशकमा अमेरिकी रणनीतिअनुसार प्रजातान्त्रिक मूल्य मान्यताको आवरणमा आसियानको गठन भएको थियो । तर आसियानले सन १९९० तिर आएर चीनसँग आप्mनो सम्वन्धलाई सघन बनायो । अर्थात चिनियाँ बजार र प्रविधिलाई आसियानका मुलुकहरू थायल्याण्ड, मलेशिया, सिंगापुर, इण्डोनेशिया, भियतनामलगायत अन्यले पनि प्रचूर मात्रामा उपयोग गर्दै प्रगतिको पथमा आर्थिक विकासको यात्रा गर्यो । तर चीनको महत्वाकांक्षाले गर्दा विस्तारै विस्तारै यी मूलुकहरूको मोह भंग हुँदैछ । चीनले दक्षिण चीन सागरका टापुमा आफ्नो वर्चश्व र सामरिक उपस्थितिलाई घनीभुत रुपमा अगाडि बढाएर यी छिमेकीहरूलाई आक्रान्त बनाएको छ ।

आउँने दिनमा क्रवार्डको छातामूनि आसियानका मुलुकहरूको जाने सम्भावनालाई पनि नजर अन्दाज गर्न सकिदैन । तर अमेरिकाले इण्डोप्यासिफिक क्षेत्रमा भारतको अगुवाईलाई किन उच्च प्राथमिकता दिएको छ भने कूटनीतिको विद्यार्थी र सोधार्थीहरूको लागि महत्वपूर्ण र रुचीको प्रश्न भएको छ । आउने दिनमा भारत सर्वाधिक जनसंख्यीक लांभाष भएको देश हुनु, हिन्द महासागरीय क्षेत्रमा वढ्दो भौगोलिक र सामरिक उपस्थिति हुनु, सूचना प्रविधिमा बढ्दो पहुँच हुनु र संसारको ठुलो बजार हुनु जस्ता कारणहरूले गर्दा भारतलाई इण्डोप्यासिफिक क्षेत्रको ताजपोशी गर्ने अमेरिकी रणनीति रहेको देखिन्छ । अर्कोतर्फ डोकलमदेखि लद्दाकसम्म चीनको सैनिकसंग आँखामा आँखा जुधाएर भारत भिडिरहेको अवस्थालाई पनि अमेरिकाले उच्च मूल्यांकन गरेको देखिन्छ ।

इण्डोप्यासिफिक रणनीतिको कारणले नै गर्दा ट्रम्पको भारत यात्रा र अमेरिका र भारतबीच ‘टु प्लस टु’ को वार्ता भएको कुरा भारतका सामरिक जानकार शक्ति सिन्हाको भनाई रहेको छ । अमेरिकाको इण्डोप्यासिफिक रणनीतिले गर्दा गरिव र ससाना राष्ट्रहरू दोधारको अवस्थामा रहेको देखिन्छ । एकातर्फ चीनको भीमकायी परियोजना रेशम मार्ग छ भने अर्कोतर्फ अमेरिकीको इण्डोप्यासिफिक रणनीति रहेको छ । आउँने दिनमा वाइडेनले इण्डोप्यासिफिक रणनीतिलाई कसरी बढाउँछन भने प्रश्नको जवाफ भने भविष्यको गर्भमा नै छ ।