ती त कसैका लागि परायाका लागि र यो देश कहिल्यै पनि उँभो नलोगोस भन्नका लागि मात्र लेख्छन, बोल्छन् । यो लेख अलि कडा भयो होला तर लेखकका नाममा एकतारे, बेसुरे र विक्षिप्त लिखत र मौखिक अभिव्यक्तिबाट आजित भएर यति कटाक्ष गर्नु परेको हो
प्रा.डा.बद्रीविशाल पोखरेल
वृहत नागरिक आन्दोलनका नामबाट यही चैत्र १४ नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राष्ट्रविरोधी नाटक मञ्चन भयो । यस नाटकका सूत्रधार प्रा.कृष्ण खनाल थिए । खनालले नै वक्ता र प्रश्नकर्ताको लगाम लिएका थिए र कार्यक्रमको प्रवक्ता बनेका थिए । खनाल नै अतिथि वक्ताका रुपमा रहेका जसपाका अध्यक्ष महन्त ठाकुरलाई अनेक कृत्रिम बखेडा र बहाना देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिनिधि सभामा उभिन उकासिरहेका थिए । खनाल त उपस्थित सबै अतिथि वक्ताहरुलाई ओलीलाई कुनै पनि हालतमा जसरी पनि अपदस्थ गर्न अनुनय, विनय मिश्रित तीव्र आक्रोश व्यक्त गर्दै थिए । खनालले यसैमा आधारित लेख पनि प्रकाशित गरेका छन । खनालले २०७४ पुस २३ गते कान्तिपुर दैनिकमा ओली सरकारले देखिने थोरै मात्र काम गरे आगामी दुई चार वटा चुनावमा पनि कांग्रेसका लागि हार मात्र हात लाग्छ भनेका थिए । तर अहिले ओली सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन रुपमा गरेको देश, जनता र जनजीविकाका सबालका काम देखेर खनाल आफैँ आत्तिएको अनुभव हुन्छ ।
खनाललगायत नागरिक समाजका अभियन्ता, विश्लेषक र लेखक भनिने एकथरी मानिसहरु भारतीय शाषक अनुकूल वा कम्फर्टेबल सरकार निर्माण जस्तो राष्ट्रघाती अत्यन्त घातक प्रवृत्तिका बारेमा मौन साँधेर बसिरहेका छन । देशभित्र नै प्रदेश हुन्छ भन्ने आशयका भनाइलाई आधार बनाएर ओलीलाई संघीय शासन विरोधी भनेर एक स्वरमा ठूला मिडियामा रोइलो गर्नेहरु नेपालमा कठपुतली सरकार छिट्टै नबनेकामा धेरै दुःखित देखिन्छन । उक्त नागरिक सभामा नाकाबन्दीका बेला दश गजापारी गएर नेपालतिर ढुङ्गामुढा बर्साउन उक्साउने ठूला नागरिक अभियन्ता भनिएका खगेन्द्र संग्रौलाले त विगतमा झैँ जात, भात, नाक, नश्ल जस्ता नेपालीहरुमा परस्पर विद्वेष र विध्वंश मच्चाउन उद्यत तथा उत्तेजित भाषण सभामा गरे । उनले तराई मधेसका जनतालाई देशभित्रका औपनिवेशी समेत भन्न पनि बाँकी राखेनन । यसभन्दा पनि अघि बढेर खनालहरु नेपालको संविधान २०७२ का बारेमा तराई मधेसी जनतालाई भड्काउने उद्घोष गरिरहेका थिए । ओलीकै अठोट र अडानबाट धन्न जे जस्तो भए पनि संविधान बन्यो, लागू भयो र समय क्रममा असहमतिहरु थान्को लागेका छन । नत्र संविधान बन्न नसकेको भए देश कस्तो अवस्थामा पुग्थ्यो खनालले कल्पना गरे हुन्छ ।
मानव अधिकारवादी कृष्ण पहाडीले (२०७३ जेठ १७ सोमबार, नागरिक दैनिकमा) संविधान जारी गर्न लाग्दा राष्ट्रपतिको निवासमा बसेर षडयन्त्र नगरेको भए मधेस आन्दोलनमा यतिका मान्छे मारिने थिएनन् भनेका छन । तर तिनै महामहिम वर्तमान राष्ट्रपतिप्रति अनेक फतुर लगाएर लान्छित गर्छन । आग्रह र आदतले मानिसलाई कति तल झार्न सक्छ भन्ने यो एउटा भद्दा उदाहरण हो । संविधान नबन्दै देशमा आगो लागेजस्तो भएको थियो । अनि संविधान बनेपछि खनाल, संग्रौला, रोक्का, पाठक, लाल आदि नामका अभियन्ताहरु तराई मधेसका जनतालाई संविधानविरुद्ध नानाभाँती उग्र अराजक अराजनैतिक प्रचारबाजी गरेर भड्काउ अभियानमा न्वारानदेखिको बल लगाउँदै थिए । बल्दो आगोमा पेट्रोल छर्किरहेका थिए । नेकपा एमाले र अझ ओलीलाई मधेसमा प्रवेश निषेध गर्ने तहमा पुर्याउन तिनले कम्मर कसेका थिए, तर हजार झुटलाई एउटै सत्यले समाप्त पार्छ, पारेको छ ।
नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नेहरुको यिनले आलोचना गर्दैनन, किनकि ती तिनका साख्खै दाजुभाइ र मतियार परे । ओली इतर प्रधानमन्त्रीले भारतीय शाषकका अगाडि निहुरिएर तपाईहरुले भनेअनुसार संविधान संशोधन गर्छु भनेको नागरिक अभियन्ता नामका नामीहरु बोल्ने हिम्मत गर्दैनन । कम्तीमा एउटा लेखक, प्राज्ञ, विश्लेषक र वकिलसित अलिकति त इमान र विवेक हुन्छ तर त्यति पनि पहिचान नभएपछि कसरी बौद्धिक प्राज्ञिक लेखक र विश्लेषक भइन्छ । त्रिवि लगायत उच्च शिक्षण संस्थामा पदोन्नतिका लागि प्रा.डा. जस्ता सिङपुच्छर नझुण्ड्याउने सौरभ, केशवप्रसाद भट्टराई, चन्द्र भण्डारी जस्ता राजनीतिक व्यक्ति, विशिष्ट विद्वान, लेखक तथा विश्लेषकहरु इमानी र विवेकी हुन । यिनीहरु सदाकाल पाँडेगालीमा रमाएको आजसम्म देखिएको छैन । तिनले ओली सरकारका कामको सन्तुलित र शालीन टिप्पणी गरेका छन । कलमको महत्व नबुझ्नेहरु कलमलाई झट्टी बनाएर हान्छन् । यिनलाई ओली सरकारले १३० वटा तुइन विस्थापित भएकामा धेरै पिर परेको जस्तो छ । रानी पोखरीको भव्य र आकर्षक अवस्था देखेर आतेस भएको छ । तराइ मधेसमा विखण्डनकारी गतिविधि रोकिएकामा यिनलाई पर्नु पीर परेको छ । माओवादी विप्लब पार्टी शान्तिपूर्ण राजनीतिक धारमा आएकामा पनि यिनलाई खपिनसक्नु भएको छ । सायद यिनले मेलम्चीको पानी पनि कसरी पिउँदा हुन । ओलीको अनुहार हेर्र्दै दाह्रा किट्ने मानव कसरी मन थामेर बस्दो हो । निर्माण पूरा हुन लागेको भव्य र भयानक धरहरा उद्घाटनका दिन यिनको सातो जान बेर छैन । यस खालका बौद्धिक भनिएका व्यक्तिहरुलाई उनकै घरपरिवारका विवेकी तथा सचेत जनले के भन्दा हुन ।
चुच्चे नक्सा नेपाली नक्सामा समावेश भएको भोलिपल्ट प्रधानमन्त्रीविरुद्ध प्रायोजित गतिविधि गर्ने दाहाल र नेपालहरु यिनका प्रशंसनीय पात्र बन्छन । बाध्यात्मक अवस्थामा संविधानअनुसार मध्यावधि घोषणा गर्दा मांसाहारी नागरिक अभियानको अगुवाइ गर्नेहरु शान्तिको माला जप्छन । बालुवाटार अगाडि प्रधानमन्त्री र सुरक्षाकर्मीविरुद्ध अराजक बोली वचन गर्दै मुठभेटको आन्दोलन गर्नेहरु भद्र नागरिक भएका छन ।नाकाबन्दीविरुद्ध चट्टानी अडान राख्ने प्रधानमन्त्रीलाई सपनामा पनि सराप्छन् । माङ्गेना नामको कृतिको आवरणमा च्यातिएको राष्ट्रिय गौरवशाली नेपाली झण्डा सजाउने स्रष्टा र लेखक भएर अभियन्ताका नाममा अस्वस्थ्य विचार प्रवाह गर्छन ।
प्रा.डा.पीताम्बर शर्माले केही दिन अघि बीबीसी नेपाली सेवामा अन्तर्वार्ताका क्रममा ओली सरकारका पालमा पहिलेका सरकारले खास केही नगरेको धेरैजसो नियमित काम गरेको, दुई तिहाइ मत प्राप्त सरकारले त्यसअनुसार धडाधड काम नगरेको भनेर आग्रहपूर्ण विचार प्रवाह गरे । ओली सरकारले गरेका विकासे कामहरु विगतका सरकारलेझैँ नियमित रुपमा गरिने सामान्य काम हुन भन्ने शर्माले हिजोका दिनमा वर्षभरिमा १० किमी मात्र बाटो बन्थ्यो तर अहिले प्रतिदिन ५ किमिका दरले बनेका कालोपत्रे गरिएका बाटाहरुको जम्मा हिसाव गरुन । देश र जनताका हितमा समर्पित सरकार विकास र निर्माण गर्ने काममा पञ्चमीको पाइला गनेर बस्दैन भन्ने शर्मालाई थाहा होस् । रुख देख्ने जंगल नदेख्ने अनि जंगल देृख्ने अनि रुख नदेख्ने रोगग्रस्तलाई पहिले रोगकै उपचार गर्नुपर्छ । जानीबुझी चोर बाटोतिर लागेका मानिसलाई सज्जन भन्न सकिन्न । गलत दिशादर्घामा लागेको मानिसलाई साधु भन्न सकिन्न । पहेलो वस्त्र धारण गर्ने बित्तिकै सन्यासी भन्न मिल्दैन । कुराले होइन, कर्म नै मानिसको असली पहिचान हो ।
प्रधानमन्त्री ओलीलाई आफ्नै टोलको शौचालय उद्घाटन गर्न आउनु भनेर निकृष्टतम आक्षेपपूर्ण बोलीवचन गर्ने खगेन्द्र संग्रौलालाई नै लाज लाग्दैन । भन्नलाई आफूलाई माक्र्सवादी र प्रगतिशील लेखक भन्ने तर द्वन्द्वावाद विपरीत ओलीविरुद्ध लान्छित ढकाल कति ठूला लेखक हुन थाहा छैन । सबैले आआफ्नो धर्म निर्वाह गर्ने हो । बिच्छीको धर्म टोक्नु, चिथोर्नु हो भने उच्च उदात्त तथा मानवीय चेतको मानवको धर्म आफू मिटाइ अरुको सेवा गर्नु हो । मूर्खले बदलाको भावना राख्छ, बुद्धिमानले बिर्सिदिन्छ, सज्जनले माफ गरिदिन्छ । त्यसैले ओलीका विरुद्ध बिस प्रवाह गरे पनि त्यसलाई शिबले पिएझैँँ ओलीले पिइदिनु हुन्छ । नाम मात्रका ज्ञानीलाई साँच्चो ज्ञानी बनाउनु मजा हुन्छ । जुनकिरीलाई जूनदेखि रिस उठ्छ, पोथ्राहरु समीको विशालता देखेर दुःख मान्छन, ताराहरु सूर्यको रिस गर्छन ।
ओलीको एकोहोरो रिस गर्नेहरुको औकात दयनीय देखिन्छ । के गर्नु केही दिन, केही छिनको खपतका लागि निहित स्वार्थबस कसैका लागि लेख्ने र बोल्नेहरु बोलिरहन्छन तर तिनले देश र जनताका वास्तविक हितमा लेख्तैनन् । तिनलाई देश र जनताको खुसहाली मन पर्दैन । मन पर्ने भए देशव्यापी रुपमा विकास निर्माणका कामहरु तिनले देख्ने थिए र लेख्ने पनि थिए । ती त कसैका लागि परायाका लागि र यो देश कहिल्यै पनि उँभो नलोगोस भन्नका लागि मात्र लेख्छन, बोल्छन् । यो लेख अलि कडा भयो होला तर लेखकका नाममा एकतारे, बेसुरे र विक्षिप्त लिखत र मौखिक अभिव्यक्तिबाट आजित भएर यति कटाक्ष गर्नु परेको हो । नेपाल एकीकरण वा नेपाल र नेपाली हुनुमा किन्चित गर्व गर्दैन, त्यस्ता अभियन्ता कसका खातिर काम गरिरहेका छन् गम्भीर भएर सोच्नु पर्ने स्थिति रहेको छ । देश र जनताको खुसहाली देख्ने सामान्य नैतिकता पनि नहु्नेहरु ओलीलाई नैतिकताको पाठ पढाइरहेका छन् । आखिर प्रतिनिधि सभा पुनस्थापित हुँदा के कस्ता विकृति उत्पन्न हुन्छन भन्ने फेरि पनि स्पष्ट भयो । यो कुरा त पहिले नै देखिएको थियो । प्राडा.संंग्रौलाले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद त्याग गर्नुपर्ने अत्यन्त महत्वपूर्ण अर्तीबुद्धि गर्दै थिए । शायद उनलाई पनि कन्फर्टेबल सरकार बनाउन हतार भएको हुँदो हो । भूकम्प पीडित,बारा पर्सा जिल्लाका सुनामीपीडित लगायत घरबार विहीन तथा सरकारका विभिन्न निकाय, पुरातात्विक महत्वका गरी सात लाख भन्दा बढी भवन, घर र आवासहरु निर्माण गरेको तथ्यबाट अभियन्ताहरुको ओठमुख सुकेको हुनु पर्छ ।
मधेस सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २ लेनको सडक,हुलाकी राजमार्ग,व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत ६ लेनको तीव्र गतिमा भइरहेको सडक निर्माण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत गरी कालोपत्रे भएका सडकहरुको संख्या उल्लेख्य देखेरस यिनको होसहवास उडेको हुनुपर्छ । भारतीय सरकारले र्पूरा गर्छु भनेर वसौँ रोकेर र कामै नगरेर रहेको हुलाकी मार्ग पूरा हुने अवस्थामा पुग्नु पनि पहिलेका सरकारले गरेझैँ नियमित कामअ हुन । बरु प्राज्ञहरु र प्राध्यापकहरुले निम्न कुराहरु सुनुन, बुझून् र गुनुन, प्रधानमन्त्री ओलीकाअनुसार बाह्य हस्स्तक्षेका विरुद्ध लड्नु पर्दैन, नेपालीहरु अड्डा वा एक ढिक्का हुँदा हुन्छ । यत्ति पनि बुद्धि पलायो भने हामी स्वतन्त्र, स्वाधीन र समृद्ध देश बन्न सक्छौँ । होइन आफू पनि नगर्ने गर्नेको पनि खेदो खन्ने बहोरा रहिरहने हो भने यो देश कहिल्यै बन्दैन ।
प्रतिक्रिया दिनुहोस्