काठमाडौँ । सांसद दीपकबहादुर सिंहले अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक नपर्ने बताएका छन् । बुधबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि बजेट) माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्रीज्यू संसद्मा हुनु र नहुनुमा केही फरक पर्दैन,’ उनले भने ,‘हिजो भए पनि सुतिराख्नु भएको थियो । हुनु र नहुनुमा केही फरक पर्दैन माननीयज्यू ।’ मंगलबार प्रतिनिधिसभा छलफलका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल निदाएको अवस्थामा कैद भएको तस्बिर सामाजिक सञ्जालमा आएपछि अहिले मन्त्री पौडेलको आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्