जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १४:१७

रचनात्मक काममा जुट्यो महेन्द्ररत्न स्वबियु, शुभकामना आदानप्रदान तथा शैक्षिक भित्तेपात्रो बिमोचन


काठमाडौं, बैशाख ३१ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) महेन्द्ररत्न क्याम्पस ताहाचलको आयोजनामा नववर्षको शुभकामना आदानप्रदान तथा शैक्षिक भित्तेपात्रो २०८२को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीको आकर्षणको हबका रुपमा महेन्द्ररत्न क्याम्पस रहेको छ । बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथी लगायतका अतिथिले व्यानर खोलेर बिमोचन गर्नुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि दिवासत्रका सहायक क्याम्पस प्रमुख डा. वाशुदेव गौतमले विद्यार्थीहरू अध्ययनशील र जिज्ञासु र अनुशासित हुनुपर्ने बताउनु भयो । ‘शैक्षिक क्यालेण्डर भनेको समय सारिणि हो । क्याम्पसमा कहिले बिदा कहिले पढाइ हुँने लगायतका सूचना समेटिएको र अनुशासन सबैभन्दा ठूलो सफलताको कडि भएकाले विद्यार्थी अध्ययनशील र जिज्ञासु र अनुशासित हुनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै विशेष अतिथी विहानी सत्र र रात्रीकालीन सत्रका सहायक क्याम्पस प्रमुख द्वय सिद्दिराज जोशी र गोविन्द देवकोटा शुभकामना दिनुभएको थियो । यसैगरी विद्यार्थी कल्याण प्रमुख सूर्य सिग्देलले विद्यार्थीलाईलाभ हुने सूचना हेर्न अनुरोध गर्नुभयो । सिग्देलले विद्यार्थीको परिचय खुल्ने परिचयपत्र बोकेर हिड्न पनि सुझाउनु भयो । ‘नियमित क्याम्पसमा आउनुस । क्याम्पसको गतिविधि जानकारी हुन्छ,’ उहाँले भन्नुभयो । सबैखाले सूचना विद्युतीय माध्यममा पनि प्रकाशन हुने भएकाले क्याम्पसको पेजलाई पछ्याउन उहाँको सुझाव थियो ।

अनेरास्ववियु महेन्द्ररत्न क्याम्पस ताहाचलका पूर्व क्याम्पस कमिटी अध्यक्ष मोदनाथ रिमालले विद्यार्थीलाई अध्ययनमा लाग्न र रचनात्मक हुन आग्रह गर्नुभयो । महेन्द्ररत्नका स्ववियुका पूर्वउपसभापति अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार माझीले उपस्थित सवैलाई स्वागत गर्नुभयो । रात्रिकालिन सहायक क्याम्पस प्रमुख गोविन्द देवकोटाले विद्यार्थी सङ्गठनका विद्यार्थी साथि मैले तपाईंहरु धेरैलाई नचिनेको हुँन सक्छु । किनभने हामी तोकिएको समयमा मात्रै आउँछौँ भन्दै नयाँ वर्ष २०८२ को शुभकामना दिनुभयो । यो शुभकामनाका साथै क्यालेण्डर समेत विमोचन भएकाले यो एउटा खोस्टो हो भन्ने नठान्न पनि उहाँले सुझाउनु भएको थियो ।

त्यस्तै विहानी सत्रका सहायक प्रमुख सिद्धिराज जोशीले तपाईंको नितान्त शैक्षिक क्यालेण्डर हो । परीक्षा कहिले हुन्छ । पढाई कहिले हुन्छ भन्ने उल्लेख भएकाले महत्वपूर्ण रहेको बताउभयो । ‘हामी विद्यार्थीले गर्वका साथ मेरो क्याम्पसले बनाएको शैक्षिक कार्यक्रम र क्यालेण्डर हो भनेर जतन गरेर राख्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले स्ववियुलाई के सहकार्य गर्नुसक्यौँ भन्ने पहिलो कुरा रहन्छ ।’ कार्यक्रममा सिद्दिराज जोशीले सबैको सहभागिताको लागि विद्यार्थीले समयमा समयमा आफुले चाहेको कक्षामा फारम भरेर लाभ लिन बताउनु भयो ।

सूचना मोबाईलमा, सूचना वेबसाईटमा आउँछन । ती सूचनालाई पहुँचमा राख्न प्रविधिमा पोख्त हुनुपर्ने सुझाव पनि उहाँको थियो । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ईश्वर थापाले आफू विद्यार्थीको मायाले दोस्रो कार्काल पनि अध्यक्ष भएकाले पहिलो कार्यकालमा पूरा गर्न नसकेका कामहरु यो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । आफूले विद्यार्थीका हरेक समस्यामा साथ दिने पनि जनाउनु भयो । कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन ताहाचलका सचिव सौगात न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।