जनता टाइम्स

९ पुष २०७८, शुक्रबार १६:३६

दुवै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग


खोटाङ, ९ पुस । खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले दुवै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च प्रदान गरेको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भई हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले सञ्चालनमा ल्याएको फेसबुक ग्रुपमार्फत खोटेहाङ गाउँपालिका–४ बड्कादियालेकी १४ वर्षीय कविता विश्वकर्मालाई १० हजार सहयोग जुटाइएको हो ।

दुवै मिर्गौला फेल भएपछि हाल त्रिभुवन शिक्षण अस्पताल काठमाडौंमा उपचाररत विश्वकर्माको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ फेसबुक ग्रुपमार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’का एड्मिन कोइरालाले जानकारी दिनुभयो ।