रामेछाप, २० असार । नेपाल स्काउट सुनापतिको आयोजनामा श्री पशुपति माध्यमिक विद्यालय, हिलेदेवीका पशुपति स्काउट ट्रुपका २४ जना सदस्यलाई स्काउट युनिफर्म वितरण एवं ट्रुप व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम स्थानीय स्काउट परिषद्का प्रमुख आयुक्त राजकुमार मैनालीको सभाध्यक्षतामा, सुनापति गाउँपालिकाका अध्यक्ष एवं स्थानीय स्काउट संरक्षक ठुलो कान्छा ग्याबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख स्काउट एवं गाउँपालिका उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष कुलबहादुर थिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवि तामाङ, विद्यालयका प्रधानाध्यापक महेश कुमार मोक्तान, स्थानीय स्काउट परिषद्का वित्तयुक्त पञ्चलाल बललगायतको आतिथ्य रहेको कार्यक्रममा शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्