काठमाडौं, १७ फागुन । वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणनास्थलमा सीसीटिभी क्यामेरा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकाहरुलाई अनुरोध गरिएको बताउनुभयो ।
आयोगले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा विभिन्न पालिकाहरुमा सीसीटिभी क्यामेरा जडान भइरहेको र कतिपय पालिकाहरुले जिज्ञासा राखेको उहाँको भनाइ थियो ।
कति निर्वाचन स्थलमा क्यामेरा जडान गरियो भन्ने पूर्ण विवरण प्राप्त नभएको भए पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँले सुनाउनुभयो । दुर्गम स्थानका मतदानस्थलमा बत्ती, इन्टरनेटको सुविधा नहुने भएकाले उक्त स्थानमा भने सीसीटिभी क्यामेरा राख्न सम्भव नभएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्