जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार ०८:००

एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’


 

अमेरिका,२९ जेठ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको छ ।

अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमान्चक खेल ‘टाइ’ भएको हो ।मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल ‘टाइ’भएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले ।यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे ।सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए ।

नेपालका आदील आलमले २ विकेट लिए । जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे ।

अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल ‘टाइ’ गराए ।यस्तै कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १ –१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।त्यस्तै आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए ।आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रन आउट भए । कप्तान सन्दीपले १० रन बनाए ।आरिफ शेख ८, दिपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ रनमा आउट हुँदा करण केसी सुन्य रनमा आउट भए । सुशन भारी १ रनमा अविजित रहे ।

खेल ‘टाइ’ भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् ।लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।