काठमाडौं, असार ३१ । फिफा बिश्वकपमा अर्जेन्टिना र इग्ल्याण्ड आमने सामने हुने भएका छन । २४ वर्षपछि फुटबल विश्वकपमा आमनेसामने हुँदैछन जादुमयी मेस्सीको अर्जेन्टिना र डेबिट बेकह्याम चम्किएपछि चर्चामा आएको केनको इग्ल्याण्ड ।
यी दुई महारथी राष्ट्रबीच दोस्रो सेमिफाइनल अन्तर्गत बिहीबार राति एटलान्टा स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुँदैछ । विश्वकपमा यी दुई राष्ट्रबीचको अन्तिम भेट २००२ मा भएको थियो । उक्त खेल इंग्ल्याण्ड १–० ले बिजयी बनेर अर्जेन्टिनालाई घर पठाएको थियो ।
२४ बर्षपछि आमने सामने भएका उनीहरूबीचको सेमिफाइनलको दोस्रो यस खेलमा सबैको नजर लियोनेल मेस्सी र ह्यारी केनमाथि परेको छ । मेस्सी यस विश्वकपमा आठ गोलसहित गोल्डेन बुट दौडमा अग्रस्थानमा छन् । यता इंग्ल्याण्डका कप्तान ह्यारी केनले पनि अहिलेसम्म छ गोल गरिसकेका छन ।
दुई टोलीले अहिलेसम्म १४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यी खेलहरूमध्ये इंग्ल्याण्डले ६ वटा जितेको छ भने अर्जेन्टिनाले ३ खेलमा मात्रै जित निकालेको छ । उनीहरुबीच ५ खेल बराबरी भएका छन्। विश्वकप इतिहासमा दुई टोलीबीच यो छैटौं भेट हुनेछ ।
अर्जेन्टिनाले बिश्वकपको यस प्रतियोगितामा सबै ६ वटै खेल जितेको छ । समूह चरणमा यस्ले अल्जेरियालाई ३-०, अस्ट्रियालाई २-० र जोर्डनलाई ३-१ ले पराजित गरेको छ । राउन्ड अफ ३२ मा अर्जेन्टिनाले केप भर्डेलाई ३-२ ले पराजित गरेका थिए । त्यसपछि उनीहरूले राउन्ड अफ १६ मा इजिप्टलाई ३-२ ले र क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई ३–१ ले पराजित गरेका छन ।
बिहीवारको खेल जितेमा अर्जेन्टिना सातौं पटक बिश्वकपको फाइनलमा पुग्नेछ । यसअघि सन अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा उपाधि जितेका छ भने सन १९३०, १९९० र २०१४ मा उपविजेता बनेको छ ।
उता, इंग्ल्याण्डले पनि जारी विश्वकपमा पाँच खेल जितेको छ भने एउटा बराबरी खेलेको छ । समूह चरणमा इङ्ल्यान्डले क्रोएसियालाई ४-२ र पानामालाई २-० ले पराजित गर्यो । यस्तै घाना विरुद्धको खेल ०-० को बराबरीमा सकियो भने राउन्ड अफ ३२ मा कंगो डीआरलाई २-१ ले र राउन्ड अफ १६ मा मेक्सिकोलाई ३-२ ले पराजित गरेको छ । त्यसपछि उनीहरूले क्वाटरफाइनलमा नर्वेमाथि २-१ को जित निकालेको हो ।
इंग्ल्याण्डले यो खेल जित्यो भने उनीहरूले ६० वर्षपछि विश्वकप फाइनल खेल्नेछन । बिश्वकपमा इग्ङल्याण्ड अन्तिम पटक १९६६ मा फाइनलमा उपाधि जितेको थियो । फिफा २०२६ को सेमिफाइनल जितेमा यो टोली दोस्रो पटक बिश्वकपको फाइलन खेल खेल्नेछ ।













प्रतिक्रिया दिनुहोस्