काठमाडौं, असोज ३१ । नेपाली सेनाले बडादसैँको फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी फूलपाती बढाइँ सम्पन्न गरेको छ।
शनिबार आयोजित समारोहमा सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रदर्शन गरेको थियो। हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो।
समारोहमा सैनिक ब्यान्डले राष्ट्रिय धुन प्रस्तुत गरेको थियो। इज्जत अर्पण कवाज, विभिन्न गुल्मको बढाइँ र मार्चपाससमेत प्रदर्शन गरिएको थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
नेपाली सेनाले बडादसैँको सप्तमीका दिन हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ।














प्रतिक्रिया दिनुहोस्