काठमाडौं, असोज ३१ । आज बिहान नेपाल प्रहरीको साइबर ब्युरो लगिएका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ बेलुका घर फर्किनुभएको छ।
पत्रकार श्रेष्ठले शनिबार साँझ सामाजिक सञ्जालमार्फत आफू घर फर्किएको जानकारी दिनुभएको हो। उहाँले प्रेस जगत्को ऐतिहासिक एकता पुनः प्रदर्शन भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउनुभएको छ।
यसअघि आफूलाई पक्राउ गरिएको घटनामा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश जारी गरेको स्मरण गराउँदै उहाँले यसपटक पनि त्यही मान्यता स्थापित भएको उल्लेख गर्नुभएको छ।
सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्नुपर्ने उल्लेख गर्दै उहाँले साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको बताउनुभएको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा हास्यकलाकार हिमेश पन्तले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्