काठमाडौं, ७ असार । कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि भोली दक्षिण कोरियाको बुसान जानुहुने भएको छ । २३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाउनुभयो ।
महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हो । महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । कराँते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि तीन पटक दक्षिण कोरिया गइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्