काठमाडौं, २८ असार । लेखक तथा कलाकार शिवानी सिंह थारूले आफूमाथि पनि एकजना ‘दाई गायक’ ले यौन दुर्व्र्यवहार गरेको खुलासा गरेकी छिन् । सोमबार ट्विटरमार्फत उनले आफू सुतिरहेको ओछयानमा अचानक आएर दुर्व्यवहार गरेको उल्लेख गरेकी छन् ।
लेखक संगीत स्रोतामाथि एक महिला लेखकले लगाएको आरोपको समर्थन गर्दै उनले आफुमाथि पनि यौन दुर्व्यवहार भएको वताएकी छिन् । उनले ति दाई गायकको नाम भने खुलाएकी छैनन् ।
उनले लेखेकी छिन्– ‘आफू सुतिरहेको ओछयानमा सुटुक्क सुत्न आएको दुर्ब्यवहार मैले पनि एकजना ‘दाइ’ गायकको चुपचाप सहेको छु, केही नभए झैँ भोलिपल्ट उनीसितै काम गरेको छु र मेरै गल्ती होला भनेर यतिका दिन नभनेर बसेको छु । त्यसैले सरिता जी म तपाइँको साथमा छु।’उनले अझै एक कदम अघि वढेर ‘तिनै मान्छेसँग सहज सम्पर्कमा किन बसेकोरु काँधमा काँध मिलाएर आन्दोलन, संघ भन्दै किन हिँडेकोरु’ जस्ता प्रश्न नगर्न समेत भनेकी छिन् ।
‘एक्लै केटाको डेरामा किन गएकोरु दुर्व्यवहार भएपछि त्यो मान्छेसित सहज सम्पर्कमा किन बसेकोरु काँधमा काँध मिलाएर आन्दोलन, संघ भन्दै किन हिँडेको ? यी प्रश्न गरिरहँदा न्यायाधीशज्यूहरू याद राख्नुस्, यही तर्कको आडमा अहिले ठिक यै समयमा हामीमध्ये कतिजना ‘आफ्नै मान्छे’बाट प्रताडित भइरहेका छौँ ,’ भन्दै उनले यौन दुर्व्र्यवहारमा आफन्त र नजिककै मान्छेको संलग्नलाई संकेत गरेकी छिन् । ‘काठमाडौंमा एकदिन’ उपन्यासकी लेखक रहेकी थारु नेपाल टेलिभिजनमा कार्यक्रम पनि चलाउँछिन् ।
प्रतिक्रिया दिनुहोस्