काठमाडौं, असार २९ । लेखक तथा कलाकार शिवानी सिंह थारूले आफूमाथि पनि एकजना ‘दाई गायक’ ले यौन दुर्ब्यवहार गरेको बिषयमा गरेको पूर्व बयानलाई लिएर बरिष्ठ गायक योगेश्वर अमात्यसँग माफी माग्नुभएको छ । सोमबार ट्विटरमार्फत आफू सुतिरहेको ओछयानमा अचानक आएर दाई गायकले दुर्ब्यवहार गरेको बिषयमा अधिकांशले अमात्यतिर शंका गरेको भन्दै सिवानीले माफी माग्नुभएको हो ।
लेखक संगीत स्रोतामाथि एक महिला लेखकले लगाएको आरोपको समर्थन गर्दै सिवानील्े आफूमाथि पनि यौन दुर्ब्यवहार भएको खुलासा गर्नुभएको थियो । सिवानीले ति दाई गायकको नाम नखुलाउँदा उहाँसँग पहिलो गीतका गायक अमात्यतिर अधिकांशले शंका गरेको उहाँ आफैले खोल्दै माफी माग्नुभएको छ ।
सिवानीले लेख्नुभएको छ, ‘मैले तीनवटा म्युजिक भिडियोमा काम गरेकी छु । सबैभन्दा चर्चित योगेश्वर अमात्यको ‘जब सन्ध्या हुन्छ’ बोलको गीत हो । यो सन ९६ मा छायाङ्कन गरिएको थियो । मलाई दुर्व्यवहार गर्ने दोस्रो म्युजिक भिडियोका गायक हुन । यो सन ९९ को कुरा हो । योगेश्वर दाईतिर औंला सोझिएछन । त्यस्को लागि म क्षमा माग्छु !’
सिवानीले सोमवार गरेको खुलासापछि अमात्यमाथि शंका गरिएको थियो । सोही कारण क्षमायाचना गर्नुभएको हो । सोमवार सिवानीले लेख्नुभएको थियो, ‘आफू सुतिरहेको ओछयानमा सुटुक्क सुत्न आएको दुर्ब्यवहार मैले पनि एकजना ‘दाइ’ गायकको चुपचाप सहेको छु, केही नभए झैँ भोलिपल्ट उनीसितै काम गरेको छु र मेरै गल्ती होला भनेर यतिका दिन नभनेर बसेको छु । त्यसैले सरिता जी म तपाइँको साथमा छु ।’ सिवानीले अझै एक कदम अघि वढेर ‘तिनै मान्छेसँग सहज सम्पर्कमा किन बसेकोरु काँधमा काँध मिलाएर आन्दोलन, संघ भन्दै किन हिँडेकोरु’ जस्ता प्रश्न नगर्न समेत सुझाउनु भएको थियो ।
‘एक्लै केटाको डेरामा किन गएकोरु दुर्व्यवहार भएपछि त्यो मान्छेसित सहज सम्पर्कमा किन बसेकोरु काँधमा काँध मिलाएर आन्दोलन, संघ भन्दै किन हिँडेको ? यी प्रश्न गरिरहँदा न्यायाधीशज्यूहरू याद राख्नुस्, यही तर्कको आडमा अहिले ठिक यै समयमा हामीमध्ये कतिजना ‘आफ्नै मान्छे’बाट प्रताडित भइरहेका छौँ ,’ भन्दै उनले यौन दुर्व्र्यवहारमा आफन्त र नजिककै मान्छेको संलग्नलाई संकेत गरेकी छिन् । ‘काठमाडौंमा एकदिन’ उपन्यासकी लेखक रहेकी थारु नेपाल टेलिभिजनमा कार्यक्रम पनि चलाउँछिन् ।
प्रतिक्रिया दिनुहोस्