जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १६:००

राष्ट्रिय अनुसन्धान विभागका निर्देशक थापा बढुवा


काठमाडौं, साउन १ । सरकारले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदीप थापालाई अतिरिक्त मुख्य निर्देशकमा बढुवा गरेको छ ।

गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रवृद्यि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । केही महिनादेखि बढुवा नहुँदा बिभागको काम प्रभावित भएको थियो ।