जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १२:२६

कुमारी बैंक र सारथीबीच सहकार्य सम्झौता


काठमाडौं, साउन, १० । कुमारी बैंक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता पश्चात् सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगाङ्ग्कित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड अंकित हुनेछ जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा सञ्जाल, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।