जनता टाइम्स

९ आश्विन २०७९, आईतवार २०:००

सुन्दरताकी प्रतिमुर्ति दिव्या अग्रवाल र उनको जीवन


एजेन्सी, ९ असोज । टिभी अभिनेत्री दिव्या अग्रवाल प्रायः चर्चामा रहने गर्छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । जब उनी ‘बिग बोस १६’ मा आउने खबर आए, अभिनेत्रीले यसमा प्रतिक्रिया दिँदै आफू नआउने बताइन् ।

दिव्या अग्रवाल गत वर्ष २०२१ मा ओटीटीमा आएको ‘बिग बोस’ मा देखिएकी थिइन् । यो सिजन करण जोहरले होस्ट गरेका थिए । उनी यसको विजेता थिइन् ।

दिव्या अग्रवालले वरुण सुदसँग केही महिनाअघि ब्रेकअप गरेकी थिइन् । दुवैले आफ्नो सम्बन्धमा पूर्णविराम लगाएका थिए । नायिकाले यस अभिनेतासँग आफ्नो भविष्य नदेखेको बताइन् । त्यसैले उनको ब्रेकअप भयो ।

दिव्या अग्रवालको स्टाइल निकै मनमोहक छ । उनले धेरै सौन्दर्य प्रतियोगितामा भाग लिएकी छिन् र सन् २०१५ मा मिस नवी मुम्बईको उपाधि पनि जितेकी छिन् ।

दिव्या अग्रवालले हरर वेब सिरिज रागिनी एमएमएसबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

दिव्या अग्रवाल एमटिभी इन्डियाको शो स्प्लिट्सभिला १० को उपविजेता हुँदा चर्चामा आएकी थिइन् । जसमा उनीसँगै प्रियांक शर्मा पनि थिए ।

दिव्या अग्रवालले पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् र टेरेन्स लुइसको एकेडेमीमा नृत्यको तालिम लिएकी छिन् ।

दिव्या अग्रवाल रियालिटी शो ‘बिग बोस १६’ मा देखिने छैनन् । उनले ट्विट गर्दै लेखेकी छिन्– ‘म हाल कुनै पनि आगामी रियालिटी शोमा सहभागी छैन ।

दिव्या अग्रवाल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनका ३.४ मिलियन फलोअर्स छन् ।