काठमाडौं, चैत १८ । पूर्वमिस नेपाल उषा खड्गीले आफूलाई पूर्वपतिले निकै यातना दिएको भन्दै बालेन सरकार गहार्नुभएको छ । सामाजिक सञ्जालमा दुःख पोख्दै उषाले न्यायका लागि बालेन सरकारलाई गुहार्नुभएको हो ।
दोस्रो श्रीमती विवाह गरेर एउटै घरमा बस्दै आउनुभएका पूर्वपति तथा सञ्चारकर्मी जिपी तिमल्सिनाले गालीगलौज र दुव्र्यवहार गर्ने गरेको आरोप उषाको रहेको छ । उहाँले यातना दिन थालेको भन्दै पूर्वपति जिपीबिरुद्ध सामाजिक सञ्जालमार्फत आगो ओकल्न थाल्नुभएको छ । उषा र जीपिबीच अंश मुद्धामा चार भाग लागेको भन्दै आफू र छोराछोरी गरी ७५ प्रतिशत हक रहेको भन्दै पूर्वपतिलाई आफै छाडेर जानुपर्ने तर्कसमेत गर्नुभएको छ ।
सम्बन्ध विच्छेदपश्चात पनि उषा र जिपी लोकन्थलीस्थित एउटै घरमा बस्दै आउनुभएको छ । उषाले उक्त घरको एक हिस्सा अंशको रुपमा पाएकी हुन् । सोही अनुरुप घरको तेस्रो तल्लामा जिपी र उनकी दोस्रो श्रीमती सविना अधिकारी बस्छन् भने दोस्रो तल्लामा दुई सन्तानका साथ उषा बस्छिन् ।
सो घरलाई लिएर पनि बाराम्बार जिपीले आफूलाई टर्चर दिने गरेको उषाको भनाइ छ । उषाले लेख्नुभएको छ, ‘यो घर अदालतले अंशको रुपमा मलाई पनि दिएको हो । तर त्यसले मेरो घर, मेरो घर मात्र भन्ने ? तनाव दिने ? यो घर मेरो २५ प्रतिशत, मेरो छोराको २५ प्रतिशत, मेरी छोरीको २५ प्रतिशत र त्यसको २५ प्रतिशत अंशमा परेको हो । अनि तिमल्सिनाले कसरी मेरो मात्र घर भन्न सक्छ ? मेरो अधिकार खोज्न म कता जाने ? यो देशमा नियम र कानुन छ कि छैन ? अधिकार सुरक्षा छ कि छैन ?’

उषाले पूर्वपति जिपिलाई छोराछोरीको अगाडि मुख देखाउनै नसक्ने जाल पचेको लबस्तरोको संज्ञा पनि दिनुभएको छ । ‘आफू बिहे गरेर, त्यही घरमा बच्चाहरुको अगाडि बस्ने लाज पचाएर अनि मलाई जथाभावी भन्ने, मुख छाड्ने, कोही आउँदा–जाँदा जथाभावी बोल्ने, मेरो माइतीबाट परिवार अनि साथीहरु आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने। धेरै भइसक्यो अब । अति भएर बोल्दैछु आज,’ उषाले लेख्नुभएको छ ।
अहिले बनेको रास्वपाको दुईतिहाई नजिकको बालेन्द्र शाह नेतृत्वको सरकारले आफूलाई आफ्नो हक–अधिकारसँगै न्याय दिनुपर्ने भन्दै उषाले गुहारसमेत माग्नुभएको छ । उषाले जिपीकी दोस्रो श्रीमती सविनालाई आफ्नो श्रीमान सम्हाल्नसमेत सुझाव दिनुभएको देखिन्छ । ‘तिम्रो लोग्नेलाई सम्हाल्नु पर्यो । मलाई गालीगलौज र मेरो जिन्दगीमा हस्तक्षेप गर्दैछ । अब यो एक्स भनौदोलाई प्रहरी प्रशासनमा शान्ति सुरक्षामा नहानी भएन । अति गर्यो मलाई साथीहरु,’ उषाको भनाई छ ।
प्रेम बिवाह गर्नुभएका सञ्चारकर्मी जिपी र उषाले २०७९ जेठ २६ गते जिल्ला अदालत भक्तपुरमा सम्बन्धविच्छेद गर्नुभएको थियो । सम्बन्धविच्छेदपछि जिपीले प्रेमिका सविना अधिकारीसँग विवाह गर्नुभएको थियो । अहिले तिनै जना एकै सोही घरमा बस्दै आउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्