एजेन्सी, ७ कात्तिक । विभिन्न जित वा खुसियालीमा पटाका पड्काउने, आपतसवाजी गर्ने प्रचलन रहँदै आएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने राजा, महाराजाको समयमा तोप पड्काएर सलामी दिने गरिन्थ्यो । त्यतिमात्र होइन् राणाकालको पछि सम्म टुडिखेलमा तोप पड्काएर मध्यान्ह समयको जनाउ दिने प्रचलन रहँदै आएको थियो ।
विभिन्न पर्व, तिहार वा खुसीयालीमा पटाका पड्काउने प्रचलन नेपालमा मात्र होइन् संसारका धेरैजसो मुलुकमा रहेको पाइन्छ । त्यसमा पनि खासगरी दीपावली र छठजस्ता पर्वमा पटाका अनिवार्यजस्तै बनेको छ । तपाईलाई थाहा छ ? यसको प्रचलन कहाँबाट कसरी आयो र यस्को कहाँ कस्तो मान्यता छ भनेर । आज दीपावलीको दिन जानौं यसवारे केही रोचक जानकारी ः
करिव २२ सय वषइ पहिले चीनको लुइयांग प्रान्तमा पटाका पड्काउने प्रचलनको प्रमाण भेटिन्छ । यो पटाका खासगरी बाँसको लौरो हुन्थ्यो, जसलाई आगोमा हालेपछि आँख्ला पड्किएर ठूलो आवाज निस्कन्थ्यो ।
चीनमा पटाकाको ठूलो आवाजले डराएर भुतप्रेत भाग्छन् र दुर्भाग्य डराएर भागेपछि भाग्यको उदय हुने विश्वास गरिन्थ्यो । चाडपर्वमा र त्यस्तै खालका खुसियाली मनाउँदा चिनियाँहरू बाँसलाई आगोमा हालेर त्यो आँख्ला पड्केसँगै सौभाग्यको कामना गर्दथे ।
फर्मुलाको खोजका विषयमा ९ औं शताब्दीको एउटा घटनालाई लिइन्छ । चीनकाकेही सैनिकले पहाडबाट पहेलो रंगको माटो ल्याएर वगैंचामा हालेका थिए । संयोले त्यहाँ पहिलेदेखि कोइलाका केही टुक्राहरू छरिएका थिए । अर्को दिन चर्को घाम लाग्दा त्यो ठाउँमा ठूलो विस्फोट भयो र वरीपरीका रुख विरुवा जलेर खरानी भए ।
त्यसपछि चिनियाँहरूले यो बारुदलाई बाँसको ढुंग्रोमा हालेर पहिलो पटक हातले निर्मित पटाका बनाए । पछिपछि बाँसको ठाउँमा कागजको प्रयोग हुन थाल्यो । वास्तवमा त्यो माटो माटो मात्र नभएर सल्फर थियो, जुन पोटासियम नाइट्रेट र चारकोलसंग मिलेर बारुद बन्यो ।
यो प्रविधि चीनबाट फैलिएर संसारभरी पुगेको मानिन्छ । युरोपिय इतिहारहरूको मान्यता छ की बारुदको खोज सबैभन्दा पहिले रोजर वेकन नामका रसायन शास्त्रीले गरेका हुन् । १३ र १५ औं शताब्दीसम्ममा पटाका चीनदेखि निश्कएर युरोपभरी फैलिसकेको थियो ।
युरोपका शासक आफ्नो जनतालाई खुसी पार्न र महत्वपूर्ण अवसरमा आफ्नो महल उज्यालो बनाउन आतिवाजीका शौकिन थिए । यसपछि पटाका अमेरिका पुग्यो । अमेरिकामा पहिलो स्वतन्त्रता दिवसदेखि नै आतिसवाजी खुसीयालीको एउटा हिस्सा बन्यो ।
प्रतिक्रिया दिनुहोस्