काठमाडौं, साउन २१ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ। आयल निगमले आज रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो।
अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो। निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने बढाएको छ। पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ र ५० पैसा बढाएको छ।
अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल एक सय नौ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।
प्रतिक्रिया दिनुहोस्