जनता टाइम्स

१३ पुष २०७९, बुधबार ०८:४१

चेल्सीद्वारा बर्नेमाउथ २–० ले पराजित


एजेन्सी, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलको मंगलबार राति भउको खेलमा चेल्सीले एएफसी बर्नेमाउथ २ –० ले पराजित गरेको छ । चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र मासन माउन्टले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको २४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको जित सुनिश्चित पारे ।

यस जितसँगै चेल्सी १५ खेलमा २४ अंक जोडेको छ । चेल्सी आठौं स्थानमा रहेको छ । बर्नेमाउथ १६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।