काठमाडौं, २६ बैशाख । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आप्mनो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उहाँकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा खेलकुदमन्त्री लिम्बुले भन्नुभयो– ‘केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, त्यसैले बढी समय दिएर भए पनि लक्ष्य पूरा गर्ने तर्फ अगाडि बढ्ने छु । तर नतिजा निकाल्न एक्लैले सम्भव हुँदैन । मलाई सबैको साथ चाहिन्छ । खेलकुद क्षेत्रभित्र समस्या छ । ती समस्या र कमीकमजोरीलाई सामूहिक प्रयासले हल गर्नुपर्छ । अझ यसमा स्थायी सरकारको रुपमा रहेका कर्मचारीको ठूलो भूमिका रहन्छ ।’
उहाँले एकअर्कालाई दोषारोपण गरेर होइन, सबै मिलेर मात्र सफलता हासिल गर्न सकिने बताउनुभयो । राखेपका उपाध्यक्ष शिव कोइरालाले लामो समयपछि खेलकुद क्षेत्रको अभिभावकत्व ग्रहण गरेकोमा खेलकुदमन्त्री लिम्बुलाई धन्यवाद दिनुभयो । उहाँले खेलकुद उचाई हासिल गर्न सक्ने मञ्च भएको बताउदै मन्त्री लिम्बुलाई राम्रो काम गरेर खेलकुदबाट आप्mनो राजनीतिक उचाई अझ बढाउन सफलताका लागि शुभकामना दिनुभयो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिनुभयो । उहाँले नवनियुक्त मन्त्री लिम्बुसमक्ष चुनौतीलाई अवसरमा बदल्ने अवसर भएको बताउदै राष्ट्रिय खेलकुदलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरेर कोभिडपछि ठप्प भएको नेपाली खेलकुदलाई गतिमा ल्याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्