काठमाडौं, जेठ ३१ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले सोसल मिडिया परिचालनदेखि नवयुग प्रकाशनसम्मको योजना बनाएको छ ।
प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा आज बसेको बिभागको बैठकले प्रचारको क्षेत्रमा नयाँ काम गर्ने गरी आगामी कार्ययोजना बनाउन सचिव गगन बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको छ । बैठकले प्रचार क्षेत्रका चुनौतीको मूल्यांकण गर्दै अफवाहलाई रोक्ने बिशेष योजना बनाउने प्रमुख गौतमले बताउनु भयो ।
उहाँले अव प्रचार बिभागले प्रिन्ट मिडिया, अनलाइन मिडिया, टेलिभिजन, रेडियोदेखि सोसल मिडियाको अनुगमन र परिचालनका लागि स्पष्ट कार्ययोजनासहित अघि बढने बताउनु भयो । नेकपा एमालेले कार्यबिभाजन हेरफेरसहित गौतमले नेतृत्व सम्हाल्नु भएपछि बसेको बिभागको यो पहिलो बैठक हो ।
बैठकमा प्रमुख गौतमले अहिले नेकपा एमालेबिरुद्ध भइरहेको प्रचार र अहिलेको आवश्यकताको आधारमा प्रचार बिभागले गर्नुपर्ने कामको बिषयमा खाका प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्