जनता टाइम्स

१७ असार २०८०, आईतवार २०:०६

गुरुपुर्णिमाको अवसरमा भव्य कार्यक्रम गर्दै प्रवासी नेपाली मञ्च


काठमाडौं, १७ असार । प्रवासी नेपाली मञ्च–अन्तर्राष्ट्रिय कमिटीले गुरुपुर्णिमाको अवसरमा भव्य कार्यक्रम गर्ने भएको छ । अन्तर्राष्ट्रिय कमिटी मातहतको कला, साहित्य तथा संस्कृति विभागले गुरुपुर्णिमालाई लक्षित गरेर एक कार्यक्रमको आयोजना गर्ने भएको कमिटीका उपसचिव तथा प्रचार–प्रसार विभागका प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।

गुरुपुर्णिमा लक्षित ‘महिमा, श्रद्धा, आदर्श र महत्व’ विषयक कार्यक्रम भोलि साँझ पाँच बजे कार्यक्रम गर्ने भएको हो । भर्चुअल हुने कार्यक्रममा जुम एपको प्रयोग गरीने भएको हो । अन्तर्राष्ट्रिय कमिटीको कला, साहित्य तथा संस्कृति विभागले आयोजना गर्न लागेको यस कार्यक्रममा साहित्य तथा संस्कृति सम्बन्धि विभिन्न लेख तथा रचना वाचन हुने पोखरेलले बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कमिटीका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूको अनिवार्य उपस्थिति हुने पनि सुनाउनुभयो ।

नेपाली कला, साहित्य तथा संस्कृतिको प्रचार–प्रसार तथा प्रवर्धन गर्नको निमित्त मञ्चको यस विभागले विभिन्न समयमा यस्ता किसिमको कार्यक्रमको आयोजना गर्ने गरेको सचिवालय सदस्य पोखरेलले बताउनुभयो । सो कार्यक्रममा सम्पूर्ण नेपाली साहित्य तथा कलाप्रेमि आत्मीय मनहरूलाई कार्यक्रममा उपस्थित भएर आफ्नो कला तथा साहित्यको विषयमा आफ्ना प्रस्फुटन राख्न पनि आग्रह गरिएको छ ।