जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १७:३५

पेस्तोलसहित काठमाडौंको माछापोखरीबाट सात जना पक्राउ


काठमाडौं, भदौ २१

नेपाल प्रहरीले काठमाडौंको माछापोखरीबाट सात जनालई दुई वटा पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार दिउँसो साढे ४ बजे माछापोखरीबाट २ पेस्तोलसहित गुण्डागर्दीमा संलग्न ७ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले उनीहरुका साथबाट ४ थान गोलीसमेत बरामद गरेको छ । महानगरीय प्रहरी परिसर कठमाडौँका प्रवक्ता (डीएसपी) होबिन्द्र बोगटीले पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका ७ जना माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको बताइएको छ।