काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु भनेको पृथ्वी जोगाउनु भएको बताउनुभएको छ ।
नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवाद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमाल जोगाउन सक्दा मात्र महासागर र स्वयं मानवता जोगाउन सकिने बताउनुभएको छ । यो यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको उहाँले बताउनुभयो ।
पृथ्वीलाई जोगाउन सबै इमानदार भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट यो संवादको जन्म भएको उहाँले जानकारी दिनुभयो । ‘यो संवाद—त्यत्तिकै उच्च बनोस्, उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
अहिले नेपालीका घर बासहरू पहिरोहरूले बगाइरहेका बताउँदै उहाँले नेपाल जस्ता देशको उत्सर्जन न्यून भए पनि वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्