जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार १०:४६

मधेश प्रदेशमा जीवन बीमाबाट ११ अर्ब १६ करोड रुपैयाँ सङ्कलन


वीरगञ्ज, २ जेठ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ । कार्यालयले गत वर्ष जीवन बीमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।

कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बीमा गरेको बताइन् । कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।

प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड रुपैयाँ शुल्क सङ्कलन भएको छ ।