जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १३:२२

माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?


काठमाडौ, ८ असोज । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । यस बैंकको १३।३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात यसको बजार भाउ २३२ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

यसै मूल्यलाई आधार मानेर यसको सोमबार कारोबार सुरु हुनेछ । आइतबारको अन्तिम कारोबार मूल्य २६३ रुपैयाँ ६० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।