जनता टाइम्स

८ आश्विन २०८०, सोमबार २२:०२

कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन


काठमाडौं, ८ असोज । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारीका लागि समिति गठन गरेको हो ।कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिनुभयो ।

यस्तै महामन्त्री गगनकुमार थापाको नेतृत्वमा साङ्गठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।नेता विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले आज सोमवारको बैठकमा दिएको जानकारी दिनुभयो ।आउँदो मङ्सिर १३, १४ र १५ गतेका लागि कांग्रेस महासमितिको बैठक तय भएको छ ।