जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार १४:३०

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश


काठमाडौं, ११ असोज । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

महिला टिमको खेलमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ ।