काठमाडौं, २५ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ ।
हिजोको खेलमा लिगको पुछारमा रहेको चेन्नईसँग कोलकाता २ विकेटले हारेको हो । कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईका डेवाल्ड ब्रेभिसले ५२ र शिवम दुबेले ४५ रन बनाए । कोलकाताका लागि वैभव अरोराले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । कप्तान अजिन्के राहनेले ४८ रन बनाए ।
यस्तै आन्द्रे रसलले र मनिष पाण्डेले ३६ रन जोडे । चेन्नईका नुर अहमदले ४ विकेट लिए ।
कोलकाता ११ अङ्कसहित लिग तालिकाको छैटौं स्थानमा छ । योसँगै कोलकाताको प्ले अफका लागि गणितीय आधार मात्र बाँकी छ ।
चेन्नईले तेस्रो जीतमा ६ अङ्क बनाएको छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको थियो ।
आईपीएलमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस्