इस्लामाबाद, २६ वैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) युएईमा सारिएको छ ।
भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउँदै पीएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।
भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पीएसएलका खेलहरु रोकिएको थियो ।
जारी पीएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरी ८ खेल खेल्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्