जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार ०८:३७

एमाले गण्डकीका नवराज शर्माको प्यानल नै बिजयी, यस्तो छ पदाधिकारीदेखि सदस्यसम्मको मतपरिणाम


पोखरा, असोज १९ । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा १६६ मतले जित्दा सवै पदाधिकारी पनि शर्मा प्यानलबाटै निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित हुनुभएको हो । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

नवराजमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा लमजुङका धनज्वय दवाडीले ५ सय २० मत लिएर विजयी हुनुभयो । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गर्नुभयो । पृथ्वी सुब्बा समुहबाट खगराजतिर लाग्नुभएका रश्मी पराजीत हुनुभएको हो । यस्तै उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उहाँका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याउनु भयो ।

उपसचिव महिलातर्फ पर्वतकी मञ्जू अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याउनु भयो । बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो । यस्तै लेखा समितिको अध्यक्षमा अमृतप्रसाद ज्ञवाली ४५६ मत ल्याएर बिजयी हुनुभएको छ भने प्रतिस्पर्धी रामबहादुर जिसीले ४४० मत पाउनु भएको छ ।

यस्तो छ अन्यको मतपरिणाम