जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १६:००

घुससहित रंगेहात समातिए न्यायाधीशकै सवारी चालक


शुभनारायण कामती/सिरहा । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुससहित पक्राउ परेक छन । सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेका यादव इजलास ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन । अख्तियारको बर्दिबास कार्यालयबाट गएको टोलीले यादवलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेको थिए ।