जनता टाइम्स

१२ कार्तिक २०८०, आईतवार १८:०४

नविना र भक्तकुमारी लामासहित एमाले नेताहरू चढेको बलेरो दुर्घटनाग्रस्त, ७ जना घाइते


काठमाडौं, कात्तिक १२ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा र एमाले बागमति प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामासहित नेताहरु सवार बोलेर काभ्रेको बेथानचोक–१ मा दुर्घटनामा परेको छ । एमाले नेताहरु सवार बलेरो ब्रेक फेल भएर पल्टिएको हो ।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारीसहित केही नेताहरु सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

गाडी सामान्यरूपमै उकालो चढेकोमा अचानक निकालो भन्ने ठाउँको सडकमा पल्टिएको तर ठूलो क्षति हुन नपाएको सोही गाडीमा सवार एमाले नेता रामहरी सुवेदीले जानकारी दिनुभयो ।

पार्टी कामको सिलसिलामा एमाले नेताहरु आज बेथानचोक पुग्नुभएको थियो । उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको सुवेदीले बताउनु भयो । सुवेदी पनि सामान्य घाइते हुनुभएको छ ।

दुर्घटनामा परी घाइते भएका ७ जनालाई तत्काल उद्धार गरी अस्पताल पुर्यइएको छ ।