काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ अन्तर्गत उज्वेकिस्तानसँगको निर्णायक खेलअघि नेपाली महिला फुटबल टोलीलाई शुभकामना दिनुभएको छ।
श्रीलङ्कालाई पराजित गर्दै फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीसँग प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट भर्चुअल संवादमार्फत सफलताको शुभकामना दिनुभएको हो।
उहाँले राष्ट्रिय गौरव बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गर्दै नेपाली जनताको साथ र विश्वास सधैँ रहने उल्लेख गर्नुभएको थियो।
यसअघि उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपाली टोली अब उज्वेकिस्तानसँग अन्तिम खेल खेल्ने तयारीमा छ।
प्रतिक्रिया दिनुहोस्