काठमाडौं, ३० कात्तिक । नेपाल हङकङसँग पराजय भएको छ । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल हङकङसँग पराजित भएको हो ।
घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल जारी सिरिजमा दोस्रो पटक पराजय भएको हो । नेपाल यसअघि तान्जानीयासँग पराजित हुन पुगेको थियो ।
हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले जम्मा ५६ रनको कमजोर स्कोर बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३० बलमा २५ बनाएर आउट भए पनि अन्य खेलाडीले कुनै जादु देखाउन सकेनन । उता, हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्