काठमाडौं, मंसिर ५ । प्रमुख तीन दलका शीर्ष नेताबीच एक बुँदे सहमति जुटेको छ । बिसतृत शान्ति संझौतामा हस्ताक्षर गरेको दिन (मंसिर ५) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको तीन दलको शीर्ष नेताको बैठकमा एक बुँदे सहमति जुटेको हो ।
प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्ष पुगेको अवसरमा छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भए पनि महत्वपूर्ण कामहरू अझै बाँकी रहेको भन्दै शान्ति सम्झौताका मुख्य साझेदारसँग छलफल गरिएको बताउनु भयो । बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने सहमति जुटेको छ ।
’नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भई देशमा राजनीतिक परिवर्तनसहित शान्ति प्रक्रिया अगाडि बढेको १७ वर्ष पूरा भएको छ। यस अवधिमा शान्ति प्रक्रियाका अधिकांश कामहरू सम्पन्न भएका छन । यद्यपि, केही महत्वपूर्ण कार्यभारहरू अझै पनि बाँकी छन । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध छौं,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्