काठमाडौं, १६ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको खुद्रा मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार असार १७ गते राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल ५ रुपैँया र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैँयाका दरले मूल्य बढाइएको हो। त्यस्तै हवाइ इन्धनमा आन्तरिक तर्फ ७ रुपैँया र अन्तराष्ट्रय तर्फ प्रति किलाेलिटर ५१ अमेरिकी डलर मूल्य बढेकाे छ ।
भारतको इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगमले मूल्य समायोजन गरेको हो। नयाँ दर लागू भएपछि उपभोक्ताले अब पेट्रोलको लागि पहिलो, दोस्रो र तेस्रो वर्गअनुसार क्रमशः १६२.५०, १६४ र १६५ रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि पहिलो वर्गका लागि १४६, दोस्रोका लागि १४८ र तेस्रोका लागि १४९ रुपैँया कायम गरिएको छ। याे मूल्य आज राति १२ बजेपछि लागु हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्