जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १५:२३

प्रधानमन्त्रीपुत्री रेनुको बदनाम गरेको आरोपमा रवि लामिछानेका कार्यकर्ता पक्राउ


चितवन, मंसिर ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहालको बदनाम गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भरतवुर महानगरकी मेयर दाहालको तस्विर तोडमोड गरेको अभियोगमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको तस्बिर तोडमोड गरी सामाजिक सञ्जालमा बदनाम गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै रास्वपा अध्यक्ष रबि लामिछानेका प्रिय पात्र हुन । प्रहरीका अनुसार रत्ननगर नगरपालिकाका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटालाई मेयर दाहालको बदनाम गरेको बिषयमा उजुरीका आधारमा पक्राउ गरिएको हो ।

मेयर दाहाल र सन्तोष देउजाको तस्बिर इडिट गरी शर्माले सामाजिक सञ्जालमा अपलोड गरेका थिए भने उक्त तस्बिरलाई देवकोटाले शेयर गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले दुवै जनालाई घरबाटै नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।