जनता टाइम्स

१९ पुष २०८०, बिहीबार १४:४९

ए टीम बनाउने क्यानको घोषणा


काठमाडौं, १९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ए टीम बनाउने घोषणा गरेको छ । विहिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ए टिम बनाउने घोषणा गर्नुभएको हो ।

उहाँले आगामी प्रधानमन्त्री कपपछि ए टीमको घोषणा गरिने बताउनुभयो ।

टी–२० विश्वकपका लागि छनोट भएको क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको र आगामी फेब्रुअरीमा क्यानडा नेपाल आउने उहाँले जानकारी दिनुभएको छ ।

क्यानडासँग नेपालको ए टीमले कम्तीमा तीनवटा एक दिवसीय र टी–२० खेल्ने तयारी भइरहेको खड्काले जानकारी दिनुभयो ।

क्यानका म्यानेजर विनोद दासले यू– १९ टिममा खेलेर अनुभव बटुलेका तथा राष्ट्रिय टीममा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई समेटेर ए टिम बनाइने जानकारी दिनु भएको छ ।