काठमाडौं, २४ जेठ । वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । गएराति भएको खेलमा इंग्ल्याण्ड २१ रनले विजयी भयो । चेस्टर ली स्टीटमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो ।इंग्ल्याण्डका जोस बटलरले सबैभन्दा धेरै ९६ रन बनाए । वेस्ट इन्डिजका रोमारियो सेफार्डले दुई विकेट लिए । जीतका लागि एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रन बनायो । उसका लागि इभिन लुइसले ३९ रन बनाए । इंग्ल्याण्डका लियाम डसनले चार विकेट लिए ।
जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ । यी दुई देशबीच दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम टी–२० खेल मङ्गलवार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्