पहिलो अंकमा मञ्चको बारेमा जानकारी गराइएको छ भने दोस्रो अंकबाट अन्तराष्ट्रिय कमिटी महादेश कमिटी र राष्ट्रिय कमिटीले गरेको गतिबिधिको जानकारी गराइएको छ ।
काठमाडौं, माघ ९ । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले भिडियो समाचार प्रवास खवरको दोस्रो अंक प्रकाशन गरेको छ । मञ्चले यही जनवरी १ देखि प्रवास खवर प्रकाशन सुरु गरेको थियो ।
मञ्चको निर्णयअनुार प्रवास खवरको पहिलो र दोस्रो अंक प्रकाशत भएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले जानकारी दिनुभयो । पहिलो अंकमा मञ्चको बारेमा जानकारी गराइएको छ भने दोस्रो अंकबाट अन्तराष्ट्रिय कमिटी महादेश कमिटी र राष्ट्रिय कमिटीले गरेको गतिबिधिको जानकारी गराइएको छ ।
बिश्वभर छरिएर रहेका मञ्चका सदस्यलाई संगठनको गतिबिधिबारे जानकारी दिने र हरेक गतिबिधिलाई आम नेपाली नागरिकको बीचमा पुर्याउने उदेश्यका साथ मञ्चले समाचारमुलक बुलेटिन प्रवास खवर सुरु गरेको अध्यक्ष थापाले बताउनु भयो ।
प्रचार तथा प्रकाशन बिभाग प्रमुख चानक पोखरेलका अनुसार दोस्रो अंकमा जनवरी १३ मा सम्पन्न अन्तराष्ट्रिय कमिटी बैठकको निर्णय, स्पेनको बिशेष अधिवेशन र कतारको स्थापना दिवसलाई समेटिएको छ ।
‘हरेक गतिबिधि आम सदस्य र नेपालीमाझ पुर्याउन समाचारमुलक बुलेटिन प्रवास खवर सुरु गरिएको हो, यसलाई अझै थप ब्यवस्थित गर्दै अघि बढने छौं,’ प्रचार बिभाग प्रमुख पोखरेलले भन्नुभयो । प्रचार बिभाग प्रमुख पोखरेलले प्रवास समाचारमा समेटनका लागि बिश्वभर रहेका आफ्ना महादेश कमिटी, राष्ट्रिय कमिटी र क्षेत्रीय कमिटीहरुलाई आफ्नो गतिबिधिबारे जानकारी गराउन अपिलसमेत गर्नुभएको छ ।
अघिल्लो साता बसेको अन्तराष्ट्रिय कमिटीको बैठकले प्रचारको कामलाई ब्यवस्थित गर्न प्रवास खवरलाई नियमित रुपमा अघि बढाउने निर्णयसहित प्रकाशन बिभागलाई यो कामको जिम्मा दिएको थियो ।
सोही बैठकले अन्तराष्ट्रिय कमिटीमा तीन सदस्य मनोनीत गरेको छ । मनोनीत हुनेमा जर्मनीका संस्थापक अध्यक्ष सन्तोष भट्टराई, युएईका बाबुराम बिश्वकर्मा र अष्ट्रेलियाका माधव शाह रहनुभएको छ ।
यसैगरी बैठकले अष्ट्रेलियाका राजनकुमार बस्नेत र अमेरिकाका प्रितीसागर खत्रीलाई अन्तराष्ट्रिय कमिटीको सल्लाहकारमा मनोनीत गरेको छ भने जर्मनीका बाबुराम खतिवडालाई युरोप महादेश कमिटीको सदस्यमा मनोनीत गरिएको छ ।
सुन्नुहोस प्रवास खवरको दोस्रो अंक
प्रतिक्रिया दिनुहोस्