सप्तरी, १२ माघ । कञ्चनरुप नगरपालिका–७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्